नापतौल यन्त्रमा ठगि गर्ने ७ हजार ९४४ व्यापारी कारबाहीमा

नापतौल यन्त्रमा ठगि गर्ने ७ हजार ९४४ व्यापारी कारबाहीमा : Icon Khabar

काठमाडौं, चैत ६ । नेपाल गुणस्तर तथा नापतौल विभाग काठमाडौंले तौल यन्त्रमा छेडछाड गरी उपभोक्ता ठगी गर्ने ७ हजार ९४४ व्यापारीलाई कारबाही गरेको छ । चालु आर्थिक वर्षको आठ महिनामा कार्यालयले अनियमित रूपमा नाप्ने मेसिन प्रयोग गरी उपभोक्ता ठगी गर्ने झण्डै आठ हजार व्यापारीलाई कारबाही गरेको छ ।

नाप्ने यन्त्रमार्फत उपभोक्ता ठगीका घटना बढ्दै गएपछि कार्यालयले विशेष सतर्कता बढाएको एनएसबीएमका सूचना अधिकारी निरजन पुडासैनीले बताए । उनले भने, ‘अनुगमनका क्रममा कतिपय व्यापारीले नाप्ने यन्त्र दर्ता नगरेको र दर्ता भएका व्यापारीले पनि नवीकरण नगरेको पाइएको छ ।

कार्यालयले २ हजार ७५ व्यापारीलाई मापन तथा तौल यन्त्र प्रयोग गर्न अनुमति दिएको छ भने लाइसेन्स पनि चैत मसान्तसम्म नवीकरण गरेको छ । कार्यालयले सीमित स्रोत र साधनमा बजार अनुगमनको कामलाई तीव्रता दिँदै उपभोक्ता अधिकार र हित संरक्षणका लागि १२५ वटा एकल अनुगमन र ११६ वटा संयुक्त बजार अनुगमन गरेको सूचना अधिकारी पुडासैनीले बताए ।

चालु आर्थिक वर्षको आठ महिनामा ५ हजार ८६९ व्यापारीले आफ्नो तौल यन्त्र कार्यालयले जाँच गराएका छन् । त्यसैगरी ४ सय १५ पेट्रोलियम पदार्थ वितरण पम्प, ७९ सवारी साधनको ट्याङ्की र पाँच हजार ७० ट्याक्सी मिटर चेकजाँच गरिएको छ ।

जानीजानी ग्राहक ठगी गर्ने क्रम बढेकाले कार्यालयले कारबाहीलाई प्राथमिकता दिएको एनबीएसएमका प्रमुख राकेशकुमार झा बताउँछन् । ‘उपभोक्तालाई जानीजानी ठगी गर्ने जो कोहीलाई कारबाही हुन्छ,’ उनले भने ।

कार्यालयले चालू आवको आठ महिनामा रु एक करोड ३५ लाख राजश्व संकलन गरेको छ । कार्यालयले हाल काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, धादिङ, नुवाकोट र रसुवामा मापनमा गल्ती गर्नेलाई कारबाही गरिरहेको छ ।

Published Date: 20 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै