सोमबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

सोमबार दोहोरो अंकले बढ्यो नेप्से परिसूचक : Icon Khabar

काठमाडौँ, चैत ६ ।  साताको दोस्रो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दोहोरो अंकले बढेको छ । आज नेप्से २२.६५ अंकले बढेर १ हजार ९ सय ४९ दशमलव ०६ विन्दु कायम भएको हो ।

आज नेप्सेमा १ अर्ब २९ कारेड ८५ लाख ८३ हजार बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये १७८ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ३३ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

सोमबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक ३.६४ प्रतिशत बढेको छ। त्यस्तै, होटल तथा पर्यटन, जलविद्युत र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, वित्त र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 20 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै