नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान : Icon Khabar

बुटवल, चैत ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच उपमहानगरपालिकाले मल्ललाई नगद ५० हजारसहित सम्मान गरेको हो ।

मेयर खेलराज पाण्डेले मल्ल बुटवलका बासिन्दा भएकाले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बुटवलको पहिचान बढाउन योगदान पुर्याएको बताए ।

क्रिकेट, फुटबल र अन्य खेलबाहेक बुटवलका खेलाडीले राष्ट्रिय स्तरमा पनि आफ्नो नाम कमाएको छ । मेयर पाण्डेले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा बढी विनियोजन गरिएको बताए ।

‘उपमहानगरपालिकाले देशका लागि खेल्ने खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ,’ पाण्डेले भने ।उपमहानगरपालिकाले पूर्व क्रिकेटर तथा कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई पनि सम्मान गरेको छ ।

कुशल बुटवल–११ देवीनगरका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 20 March 2023
Website | + posts




ताजा
सहकारी अभियानमा देशभरीका संघहरुको भुमिका आवश्यक
विदेशी विनिमय सञ्चितिले साढे १९ महिनाको आयात धान्ने
सभामुखले दलका सचेतकहरूलाई बैठक बोलाए : संसद विघटनबारे छलफल हुने
महराको बयान सकियो, भोलि थुनछेक बहस


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित