नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान

नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी मल्ललाई बुटवल उपमहानगरको सम्मान : Icon Khabar

बुटवल, चैत ६ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ । सोमबार एक कार्यक्रमका बीच उपमहानगरपालिकाले मल्ललाई नगद ५० हजारसहित सम्मान गरेको हो ।

मेयर खेलराज पाण्डेले मल्ल बुटवलका बासिन्दा भएकाले खेलकुदका माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बुटवलको पहिचान बढाउन योगदान पुर्याएको बताए ।

क्रिकेट, फुटबल र अन्य खेलबाहेक बुटवलका खेलाडीले राष्ट्रिय स्तरमा पनि आफ्नो नाम कमाएको छ । मेयर पाण्डेले खेलकुद क्षेत्रको विकासका लागि चालु आर्थिक वर्षको बजेटमा तीन करोडभन्दा बढी विनियोजन गरिएको बताए ।

‘उपमहानगरपालिकाले देशका लागि खेल्ने खेलाडीलाई प्रोत्साहन गर्ने र खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ,’ पाण्डेले भने ।उपमहानगरपालिकाले पूर्व क्रिकेटर तथा कुशल मल्लका प्रशिक्षक शक्ति गौचन र कुशलकी आमा शर्मिला मल्ललाई पनि सम्मान गरेको छ ।

कुशल बुटवल–११ देवीनगरका स्थायी बासिन्दा हुन् ।

Published Date: 20 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै