सुरक्षित तथा स्मार्ट तरिकाबाट फेसबुक चलाउन मद्दत हुने ५ उपयोगी सेटिङ

सुरक्षित तथा स्मार्ट तरिकाबाट फेसबुक चलाउन मद्दत हुने ५ उपयोगी सेटिङ : Icon Khabar

काठमाडाैं, चैत ६ । आज हामी फेसबुकका पाँच उपयोगी सेटिङबारे बताउँदै छौँ, जसले तपाईँलाई सुरक्षित तथा स्मार्ट तरिकाबाट फेसबुक चलाउन मद्दत गर्नेछ ।

१. टु फ्याक्टर अथेन्टिकेसन

यसले हाम्रो फेसबुक अकाउन्ट सुरक्षित राख्छ । ​फेसबुकमा पासवर्ड त हामीले राखेकै हुन्छौं । साथमा ‘Two factor Authentication’ पनि अन गर्ने हो भने थप सुरक्षित भइन्छ ।

– यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुकको ‘menu’ मार्फत ‘settings and privacy’ मा जानुहोस् ।

-अब ‘Privacy shortcuts’ मा जानुहोस् ।

-यहाँको ‘Account Security’ मा गएर ‘Use Two factor Authentication’ मा क्लिक गर्नुहोस् ।

यो फिचर अन गरेपछि फेसबुकलाई अपरिचित डिभाइस वा ब्राउजरबाट लगइन गरेको थाहा हुन्छ र सेक्युरिटी मेथडमार्फत भेरिफिकेसन कोड माग्छ ।

त्यसैले कसैले तपाईँको फेसबुक पासवर्ड थाहा पाए पनि तपाईँको फेसबुकसम्म पहुँच पाउन सक्दैन ।

२. आफ्नो अकाउन्ट कुन कुन डिभाइसमा लगइन छ, चेकजाँच गर्नुहोस्

बिर्सने बानी हामी सबैको साझा समस्या हो । आफ्नो मातहतभन्दा बाहिरका डिभाइसहरूमा समेत हामीले फेसबुक खोलिरहेका हुन्छौं ।

कतिपय डिभाइसमा पासवर्डसमेत सेभ भएर बसेको हुनसक्छ, जसबाट जोकोहीले तपाईंको फेसबुक अकाउन्टमा पहुँच बनाउन सक्छ । त्यसैले ‘Where you’re logged in’ भन्ने फेसबुकको सेटिङले यस्तो जोखिमबाट बचाउँछ ।

यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुकको ‘Menu’ मार्फत ‘settings and privacy’ मा जानुहोस् ।

-अब ‘settings’ मा ट्याप गर्नुहोस् ।

-तपाईँले सुरुमै ‘Accounts Center’ देख्नुहुन्छ, त्यहाँ टच गर्नुहोस् ।

-अब त्यहाँ रहेको ‘Password and Security’ भित्र ‘Where you’re logged in’ भन्ने अप्सन छ । त्यहाँ क्लिक गर्नुहोस् ।

-अब तपाईँले यहाँबाट आफ्नो अकाउन्ट कहाँ कहाँ लगइन छ, हेर्न र आफूले नचाहेको डिभाइसमा लगआउट गर्न सक्नुहुन्छ ।

-यसरी तपाईँ आफू सुरक्षित रहन सक्नुहुन्छ ।

३. पोस्ट रिस्टाेर गर्ने तरिका

फेसबुकबाट डिलिट गरिएका पाेस्ट एक महिनासम्म ‘Trash’ वा ‘Recycle Bin’ मा गएर बसेका हुन्छन्, जसलाई हामीले सजिलै रिस्टाेर गर्न सक्छौं ।

त्यसका लागि सबैभन्दा पहिले आफ्नो फेसबुक प्राेफाइल खोल्नुहोस् ।

-त्यसपछि यहाँ तीनवटा डटमा ट्याप गर्नुहोस् ।

– अनि, ‘Profile Settings’ अन्तर्गत ‘Activity log’ मा थिच्नुहोस् ।

-अब यहाँ कुनै मोबाइलमा ‘Trash’ अनि कुनैमा ‘Recycle Bin’ भन्ने अप्सन देखाउँछ । त्यसमा ट्याप गर्दा पछिल्लो ३० दिनमा तपाईँले कुनै पनि पोस्ट फेसबुकबाट डिलिट गर्नुभएको छ भने यहाँ देखिन्छ ।

४.फेसबुकमा पोस्ट गरिएका डेटा डाउनलोड गर्ने तरिका

यस्तै फेसबुक पोस्ट गरिएका डेटा डाउनलाेड गरेर राख्न पनि सकिन्छ ।

-यसका लागि आफ्नो फेसबुकको ‘Menu’ मार्फत ‘settings and privacy’ मा जानुहोस् ।

-अब Privacy shortcuts मा जानुहोस् ।

-यहाँको ‘Your Facebook Information’ मा गएर ‘Access your information’ मा क्लिक गर्नुहोस् ।

-अब तल ‘scroll’ गर्दै जाँदा ‘Download your information’ छ , त्यहाँ क्लिक गर्नुहोस् र ‘Request a download’ मा ट्याप गर्नुहोस् ।

-अब तपाईँलाई ‘Select Profiles’ भन्ने ‘option’ आउँछ, यहाँ तपाईँले लिंक भएका प्राेफाइल सेलेक्ट गर्न सक्नुहुन्छ, मैले Facebook select गरेर Next मा क्लिक गरेँ ।

-यसपछि तपाईँले ‘Select information’ देख्नुहुन्छ, यहाँ तपाईँले कस्तो इन्फर्मेसन डाउनलाेड गर्न चाहनुभएको हो छान्न सक्नुहुन्छ । पहिलो, Complete copy जसमा तपाईँले रोजेको अकाउन्टको सम्पूर्ण Information download हुन्छ ।

दोस्रो, Select types of information, मैले यहाँ यो select गरेँ ।

-अब यहाँ तपाईँले download गर्न चाहेको information को सूची देख्नुहुन्छ । त्यही अनुसार ‘choose’ गरी Next गर्न सक्नुहुन्छ ।

यसपछि तपाईँले फाइलको फर्म्याट र क्वालिटी छानी ‘Submit Request’ मा क्लिक गर्न सक्नुहुन्छ ।

-तपाईँको इन्फर्मेसन तयार भएपछि तपाईँलाई फेसबुकले नाेटिफाई गर्छ र त्यही नोटिफिकेसनमा क्लिक गरेर डेटा डाउनलोड गर्ने अप्सनसम्म पुग्न सकिन्छ ।

५. आफ्नो निधनपछि कसलाई दिने अकाउन्टको एक्सेस ?

आफ्नो शेखपछि सम्पत्ति कसलाई दिने भनेर हामीले बैंक खाता खोल्दा होस् वा जग्गा जमिन किन्दा नै किन नहोस्, इच्छाइएको व्यक्ति राख्ने गर्छौं ।

हो यसैगरी आफूले संसार छाडेपछि पनि आफ्नो फेसबुक अकाउन्ट चलोस् भन्ने चाहनुहुन्छ भने इच्छाएको व्यक्तिलाई चलाउन दिन मिल्छ ।

त्यसको लागि;

-आफ्नो फेसबुकको ‘Menu’ मार्फत ‘settings and privacy’ मा जानुहोस् ।

-अब ‘Settings’ मा जानुहोस् ।

-त्यसपछि ‘Account’ अन्तर्गतको ‘Personal Information’ मा ट्याप गर्नुहोस् ।

-अब तल रहेको ‘Account ownership and control’ मा ट्याप गर्नुहोस्।

-त्यसपछि ‘Memorialization settings’ मा थिच्नुहोस्।

-अब यहाँ रहेको ‘Choose legacy contact’ मा क्लिक गर्नुहोस्।

-त्यसपछि तपाईँले छानेकाे ‘contact’ ले तपाईँको अकाउन्टमा के-के गर्न पाउँछन् भन्ने सूची देख्नुहुन्छ त्यो पढेर ‘Next’ मा क्लिक गर्नुहोस् ।

-अब तपाईँले इच्छुक ‘contact’ सेलेक्ट गर्न सक्नुहुन्छ।

-तपाईँले छनाेट गरेको ‘contact’ लाई यस्तो मेसेज जान्छ ।

-जब फेसबुकले तपाईँको निधन भएको थाहा पाउँछ, तब यो प्रक्रिया अघि बढ्छ ।

Published Date: 20 March 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु