आइतबार नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो

आइतबार नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घट्यो : Icon Khabar

काठमाडौँ, चैत ५ । आइतबार नेप्से परिसूचक छ दशमलव ९० अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव ४० को बिन्दुमा रोकेको छ । विभिन्न दुई सय ५९ वटा कम्पनीका ३१ लाख ६३ हजार तीन सय ८९ कित्ता शेयर रू एक अर्ब छ करोड ९८ लाख चार हजारमा खरिदबिक्री भएका छन् ।

आज कारोबारमा होटल तथा पर्यटन, जलविद्युत्, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूहको उपसूचक सबैभन्दा धेरै २६ दशमलव ६३ अङ्कले बढेको छ । त्यस्तै, जलविद्युत् समूह छ दशमलव ८१, लगानी समूह शून्य दशमलव १६, निर्जीवन बीमा समूह दुई दशमलव ७२ र व्यापार समूह दुई दशमलव ६१ अङ्कले बढेको छ ।

आज सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६१ दशमलव ०९ र उत्पादन समूहको उपसूचक ४९ दशमलव ११ अङ्कले घटेको छ । त्यस्तै, बैंकिङ समूह छ दशमलव ७२, विकास बैंक समूह १५ दशमलव ८२, वित्त समूह शून्य दशमलव ०८, लघुवित्त समूह ३७ दशमलव ६८, म्युचुअल फन्ड समूह शून्य दशमलव १६ र अन्य समूह पाँच दशमलव २४ अङ्कले घटेको छ ।

Published Date: 19 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै