यी तीन नियम जसले तपाईलाई तनाव मुक्त हुन् मद्दत गर्छ

यी तीन नियम जसले तपाईलाई तनाव मुक्त हुन् मद्दत गर्छ : Icon Khabar

काठमाडौँ, चैत ५ । ‘तनाव छ’ । आजकाल यो शब्द धेरैको मुखमा झुन्डिने गर्छ । तनावबाट कसरी मुक्त हुने होला भनेर पनि धेरैले कुरा गरिरहेका हुन्छ । जो पनि तनाव रहित जीवन बाँच्न चाहन्छन् तर हाम्रा केही बानीले हामीलाई तनावबाट मुक्ति दिइरहेको हुँदैन । आज हामी तपाईलाई यस्ता तीन नियम बताइरहेका छौँ जसले तपाईँलाई तनावबाट मुक्त गराउन सहयोग गर्छ ।

तनावमुक्त जीवन किन चाहिन्छ ?

तपाई तनावमा हुँदा जीवनमा कुनै पनि कुरामा खुसी हुन सक्नुहुन्न जसको असर तपाईंको रचनात्मकतामा पनि पर्छ । यस्तै, जब तपाई तनाव मुक्त जीवन बाँच्न थाल्नुहुन्छ, तपाईंको रचनात्मकता आफसे आफ बढ्छ । रचनात्मकता बढ्दा तपाई आफ्नो जीवनमा थप सफलता हासिल गर्न सक्नुहुनेछ । यति मात्रै होइन, तनावले तपाईंको शारीरिक स्वास्थ्यमा पनि निकै असर पार्छ । त्यसैले राम्रो मानसिक र शारीरिक स्वास्थ्यका लागि तनाव मुक्त हुन आवश्यक छ । तनाव मुक्त रहन केही सहज तरिकाबारे यहाँ कुरा गरिएको छ ।

जे भएकै छैन, त्यसबारे चाहिनेभन्दा बढी नसोच्नुहोस्

तनावको सबैभन्दा ठुलो कारण भनेको हामीले चाहिनेभन्दा बढी सोच्नु हो । हामी धेरैजसो यस्ता चिजबारे सोच्छौँ, जुन भएकै हुँदैन । यस्तो स्थितिमा हाम्रो दिमाग धेरैजसो स्ट्रेसमा जाने गर्छ । उदाहरणका लागि तपाईंको भोलि परीक्षा छ, तपाईले धेरै मेहनत पनि गर्नुभएको छ तापनि धेरै जनाले के सोच्न थाल्छन् भने परीक्षामा फेल भए आमा–बुवालाई के भन्ने होला भनेर सोच्न थाल्छन् । यस्तोमा परीक्षाको नतिजा आउनु अघि नै तपाई तनाव लिन थाल्नुहुन्छ । त्यसैले आफ्नो दिमागमा यस्ता परिस्थिति बनाउन बन्द गर्नुहोस् ।

सधैँ वर्तमानमा बाँच्नुहोस्

खुसी र तनाव मुक्त रहनुको मूल मन्त्र यो हो कि तपाई वर्तमानमा बाँच्नुहोस् । मानिसलाई या त उनीहरूको भविष्यले तनाव दिन्छ या उनीहरूको विगतले । यी दुवै अवस्थामा तपाईंको फोकस र प्रोडक्टिभिटीमा असर पर्छ । त्यसैले यदि तपाई तनावमुक्त रहन चाहनुहुन्छ भने सधैँ वर्तमानमा बाँच्नुहोस् । तपाई अहिले जे गरिरहनुभएको छ, त्यसलाई पूरा मेहनत र लगनका साथ गर्नुहोस् । उदाहरणका लागि यदि तपाई कुनै पार्टीमा जानु भएको छ र त्यहाँ पनि यदि तपाई भूत र भविष्यको चिन्तामा डुबिरहनुहुन्छ भने तपाईँ त्यो पलमा रमाउन नै सक्नुहुन्न । पछि तपाईलाई ‘मैले पार्टीमा किन रमाइलो गरिनँ’ भनेर अफसोस पनि लाग्न सक्छ ।

तपाईसँग के छ त्यसमा केन्द्रित हुनुहोस्

तपाईले महसुस गर्नुभएको होला कि हामीसँग जे छ, त्यसलाई हामीले कदर गर्दैनौँ तर जे चिज हामीसँग छैन, दिनभरि त्यसबारे मात्रै सोचिरहनु हुन्छ । यद्यपि, यदि तपाई तनाव मुक्त जीवन चाहनुहुन्छ भने ती चिजमा मात्रै ध्यान केन्द्रित गर्नुहोस् जसलाई तपाईले प्राप्त गर्नुभएको छ । यसका लागि तपाईले स–साना सफलताको पनि उत्सव मनाउन आवश्यक छ ।

Published Date: 19 March 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी