विराटनगरमा प्रहरीद्वारा हवाई फायर, चार प्रदर्शनकारी पक्राउ

विराटनगरमा प्रहरीद्वारा हवाई फायर, चार प्रदर्शनकारी पक्राउ : Icon Khabar

मोरङ, चैत ५ । प्रदेशको नाम परिवर्तन गरी पहिचानका आधारमा नाम राख्न माग गर्दै निषेधित क्षेत्र उल्लंघन गरी मुख्यमन्त्रीको कार्यालय नजिकै प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र उल्लंघन गरी कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै प्रदर्शन गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

भीडलाई तितरबितर पार्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अर्कोतिर आन्दोलनकारीको अर्को टोलीले प्रदेश सभा अगाडि प्रदर्शन गरिरहेको छ ।

प्रदेशसभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो, त्यसयता पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै विभिन्न समूहले निरन्तर विरोध गर्दै आएका छन् ।

प्रदर्शनपछि आइतबार बस्ने बैठकलाई नेता गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा, प्रेम एकटेनलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नामाकरणको विरोधमा असन्तुष्ट दलले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानमा निषेधाज्ञा जारी गरेको थियो ।

Published Date: 19 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै