विराटनगरमा प्रहरीद्वारा हवाई फायर, चार प्रदर्शनकारी पक्राउ

विराटनगरमा प्रहरीद्वारा हवाई फायर, चार प्रदर्शनकारी पक्राउ : Icon Khabar

मोरङ, चैत ५ । प्रदेशको नाम परिवर्तन गरी पहिचानका आधारमा नाम राख्न माग गर्दै निषेधित क्षेत्र उल्लंघन गरी मुख्यमन्त्रीको कार्यालय नजिकै प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र उल्लंघन गरी कोशी प्रदेशको नाम परिवर्तन गर्न माग गर्दै प्रदर्शन गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

भीडलाई तितरबितर पार्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउण्ड हवाई फायर गरेको थियो । अर्कोतिर आन्दोलनकारीको अर्को टोलीले प्रदेश सभा अगाडि प्रदर्शन गरिरहेको छ ।

प्रदेशसभाले फागुन १७ गते प्रदेशको नाम कोशी राखेको थियो, त्यसयता पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्ने माग गर्दै विभिन्न समूहले निरन्तर विरोध गर्दै आएका छन् ।

प्रदर्शनपछि आइतबार बस्ने बैठकलाई नेता गोपाल किराती, कुमार लिङ्देन, सञ्जुहाङ पालुङवा, प्रेम एकटेनलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रदेश नामाकरणको विरोधमा असन्तुष्ट दलले आन्दोलन घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका पाँच स्थानमा निषेधाज्ञा जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित