सकारात्मक दृष्ट्रिकोण राखेर काम गर्न मन्त्री मोदीको निर्देशन

सकारात्मक दृष्ट्रिकोण राखेर काम गर्न मन्त्री मोदीको निर्देशन : Icon Khabar

काठमाडौं, चैत ३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले सकारात्मक दृष्ट्रिकोण र सोच राखेर काम गर्न सहसचिवहरुलाई निर्देशन दिएका छन् ।

नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्धारा आयोजित ४४ औँ वरिष्ठ कार्यकारी विकास तालिमको दीक्षित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले यस्तो बताएका हुन् । सकारात्मक दृष्ट्रिकोण र सोच राखेर कार्यसम्पादन गर्दा परिणाम निस्किने बताउँदै मन्त्री मोदीले भने, “मुल रुपमा अहिले निजामती कर्मचारीहरुले सकारात्मक सोच र दृष्ट्रिकोण राखेर काम गर्नुपर्ने अवस्था छ ।”

मन्त्री मोदीले प्रविधिको उच्चतम विकासलाई ख्याल गरेर कार्यसम्पादनमा सुधार गर्न समेत निर्देशन दिए । समय अनुसारको निर्णय र आचरणमा सुधार गर्नुपर्ने पनि मन्त्री मोदीको भनाई थियो । व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न पनि मन्त्री मोदीले निर्देशन दिए ।

“केही न केही परिवर्तन गर्नैपर्ने छ, तपाईहरुले पनि नयाँ पुस्ताले सिक्न सक्ने कामहरु गर्न मेरो सुझाव छ, हामीबाट केही न केही सुधार गर्नुपर्ने भएकाले व्यक्तिगत स्वार्थबाट मुक्त भएर काम गर्न म विशेष निर्देशन दिन चाहन्छु ।”

कर्मचारीहरुमाथि सेवाग्राहीको सकारात्मक दृष्ट्रिकोण नरहेकाले उनीहरुको दृष्ट्रिकोण बदल्ने गरी काम गर्नुपर्ने मन्त्री मोदीको भनाई थियो । “कर्मचारीहरुमाथि सेवाग्राहीहरुको आक्रोश मात्रै छ, समयमा काम भएन ? सरल ढंगमा सेवा प्रवाह भएन, भन्नेजस्ता गुनासाहरु प्रशस्तै सुनिन्छन्, यस्तो किन भइरहेको छ ? यस्ता गुनासाहरु सदाको लागि अन्त्य हुनेगरी कार्यसम्पादन गर्ने जिम्मेवारी तपाइहरुको हो” मन्त्री मोदीले भने ।

मन्त्री मोदीले सरुवामा व्यवस्थित प्रणालीको जरुरी भएकाले आफ्नो पालामा व्यवस्थित सरुवा प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । मुख्यसचिव शंकरदास बैरागीले मुलुक बदलिँदो परिवेशमा रहेको बताउँदै देशभित्र र बाहिरका असल अभ्यासबाट सिकेर काम गर्नुपर्ने बताए ।

सरकारको नीति तथा कार्यक्रमलाई घरदैलोमा पुर्याउने काम कर्मचारीहरुको भएकाले जनतामा खस्किँदो दृष्टिकोणलाई बदल्ने चुनौती रहेको बताए । कार्यकारी निर्देशक डा. राजन खनालले आआफ्नो कार्यक्षेत्रमा अब्बलता सावित गर्न निर्देशन दिए । भदौ २३ गतेबाट सुरु भएको तालिमको बिहीबार समापन भएको हो । तालिमबाट ४४ औँ सहसचिवहरु दीक्षित भएका छन् ।

Published Date: 17 March 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु