गैरआवासीय नेपाली नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल

गैरआवासीय नेपाली नागरिकताको मुद्दा सम्बोधन हुन्छ : राष्ट्रपति पौडेल : Icon Khabar

काठमाडौं, चैत ३ । गैरआवासीय नेपाली संघका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको छ । शुक्रबार राष्ट्रपति निवासमा संघका कार्यकारी अध्यक्ष रबिना थापा र अध्यक्ष कुल आचार्यको प्रतिनिधिले राष्ट्रपति पौडेलसँग भेटघाट गरेको हो ।

अध्यक्ष थापाले लामो समयदेखि संघले उठाउँदै आएको गैरआवासीय नेपाली ऐन, वंशजको आधारमा साबिकमा प्राप्त नागरिकताको निरन्तरता, सम्पत्तिको अधिकार, वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न चाल्नुपर्ने कदम लगायत विषयमा राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएकी थिईन् ।

सो अवसरमा संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकताको प्रावधान समेत समेटिएको नागरिकता विधेयकलाई यथाशक्य पूर्णता दिई विश्वभरका गैरआवासीय नेपालीले लामो समयदेखि उठाउँदै आएको नागरिकताको विषय सम्बोधन गर्न राष्ट्रपति समक्ष आग्रह गरे ।

अध्यक्ष आचार्यले गैरआवासीय नेपालीको नेपालमा रहेको सम्पत्तिमाथिको अधिकार सम्बन्धमा स्पष्ट कानूनी व्याख्या नहुँदा समस्या भोग्नुपरेको भन्दै उक्त विषय सम्बोधनका लागि पनि आग्रह गरिन् ।

नेपालमा लगानीको वातावरण स्थापित गर्न अझै कयौँ कानूनी व्यवधान रहेको भन्दै अध्यक्ष आचार्यले पूँजी पलायन रोक्न र लगानी भित्र्याउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताईन् । कार्यक्रममा संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाली जहाँ रहेपनि समृद्ध नेपाल निर्माणका लागि उत्साही र इच्छुक रहेको बताए ।

गैरआवासीय नेपालीहरुले समृद्ध मुलुक निर्माणका लागि आफ्नो तर्फबाट अभियान थालिसकेको भन्दै डा महतोले उक्त अभियानको कुशल अभिभावकत्वका लागि राष्ट्रपति पौडेललाई अनुरोध गरे ।

गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आफू गैरआवासीय नेपालीका गतिविधि र अभियान बारे जानकार रहेको भन्दै संघले उठाएका मुद्दा सम्बोधनमा सकारात्मक पहल गर्ने प्रतिबद्धता जनाए । गैरआवासीय नेपाली नागरिकताको विषय नागरिकता विधेयकमै समावेश भएको र त्यसमा कुनै समस्या नरहेकोले सो विषय पनि केही समयभित्रै सम्बोधन हुने राष्टपति पौडेलको भनाई थियो ।

राष्ट्रपति पौडेलले समग्र मुलुकको विकासका लागि हातेमालो गर्न गैरआवासीय नेपालीलाई आह्वान गर्दै आफ्नो तर्फबाट गर्नुपर्ने सहकार्यका लागि तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts