लामिछानेको राहदानी विवादमा प्रहरीको अनुसन्धान पूरा, सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

लामिछानेको राहदानी विवादमा प्रहरीको अनुसन्धान पूरा, सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन : Icon Khabar

काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी विवादमा प्रहरीले अनुसन्धान पूरा गरेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । स्रोतका अनुसार फागुन ३० गते अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइएको थियो ।

‘प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ,’ स्रोतले भन्यो । ‘अनुसन्धान प्रतिवेदन फागुन ३० गते सरकारी वकिलको कार्यालयमा आएको थियो ।

लामिछानेले अमेरिकी नागरिकता र राहदानी एकै समयमा लिएर निष्क्रिय नेपाली नागरिकताका आधारमा नेपाली राहदानी बनाएको आरोप लागेको छ । प्रहरीले हालै यस विषयमा अनुसन्धान थालेको छ । उनी सोही राहदानीमा विदेश भ्रमण पनि गरेको स्रोतको दाबी छ । त्यसैगरी झुटा सूचना पेश गरी नेपाली राहदानी बनाएको अर्को मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ ।

उनी अहिले चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने तयारीमा छन् ।

Published Date: 17 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय