लामिछानेको राहदानी विवादमा प्रहरीको अनुसन्धान पूरा, सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन

लामिछानेको राहदानी विवादमा प्रहरीको अनुसन्धान पूरा, सरकारी वकिलको कार्यालयलाई बुझायो अनुसन्धान प्रतिवेदन : Icon Khabar

काठमाडौं, चैत ३ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको राहदानी विवादमा प्रहरीले अनुसन्धान पूरा गरेको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान पूरा गरी सरकारी वकिलको कार्यालय काठमाडौंमा अनुसन्धान प्रतिवेदन बुझाएको छ । स्रोतका अनुसार फागुन ३० गते अनुसन्धान सम्पन्न गरी प्रतिवेदन सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइएको थियो ।

‘प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ,’ स्रोतले भन्यो । ‘अनुसन्धान प्रतिवेदन फागुन ३० गते सरकारी वकिलको कार्यालयमा आएको थियो ।

लामिछानेले अमेरिकी नागरिकता र राहदानी एकै समयमा लिएर निष्क्रिय नेपाली नागरिकताका आधारमा नेपाली राहदानी बनाएको आरोप लागेको छ । प्रहरीले हालै यस विषयमा अनुसन्धान थालेको छ । उनी सोही राहदानीमा विदेश भ्रमण पनि गरेको स्रोतको दाबी छ । त्यसैगरी झुटा सूचना पेश गरी नेपाली राहदानी बनाएको अर्को मुद्दामा उनीमाथि अनुसन्धान भइरहेको छ ।

उनी अहिले चितवन क्षेत्र नं २ बाट चुनाव लड्ने तयारीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 17 March 2023
Website | + posts