रामसहायलाई समर्थन गर्दै प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

रामसहायलाई समर्थन गर्दै प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी नेपाल (जसपा)की उपाध्यक्ष प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छिन्।

सोमबार जारी विज्ञप्तिमा उनले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएको बताएकी छिन्।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादमा इमान्दारीपूर्वक समर्पित, सादा जीवन, निष्कलंक र स्वच्छ छवि र उच्च विचार भएका बौद्धिक र परिपक्व नेता माननीय रामसहायप्रसाद यादव अझ धेरै छन् । उहाँ उपराष्ट्रपति जस्तो सम्मानित पदका लागि सबैभन्दा उपयुक्त, योग्य र योग्य उम्मेदवार हुनुहुन्छ,’ उनले भनिन्, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा परेको भए पनि उहाँको समर्थनमा उम्मेदवारी फिर्ता लिएको छु ।”

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट तीन र नेकपा एमालेबाट एकजनाले उम्मेदवारी दिएका छन् ।

Published Date: 13 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै