रामसहायलाई समर्थन गर्दै प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता

रामसहायलाई समर्थन गर्दै प्रमिला यादवद्वारा उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २९ । जनता समाजवादी पार्टी नेपाल (जसपा)की उपाध्यक्ष प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएकी छिन्।

सोमबार जारी विज्ञप्तिमा उनले उपराष्ट्रपतिको उम्मेदवारी फिर्ता लिएको बताएकी छिन्।

देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, समावेशीता, संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्याय र समाजवादमा इमान्दारीपूर्वक समर्पित, सादा जीवन, निष्कलंक र स्वच्छ छवि र उच्च विचार भएका बौद्धिक र परिपक्व नेता माननीय रामसहायप्रसाद यादव अझ धेरै छन् । उहाँ उपराष्ट्रपति जस्तो सम्मानित पदका लागि सबैभन्दा उपयुक्त, योग्य र योग्य उम्मेदवार हुनुहुन्छ,’ उनले भनिन्, ‘प्राविधिक रूपमा मेरो नाम उम्मेदवारको सूचीमा परेको भए पनि उहाँको समर्थनमा उम्मेदवारी फिर्ता लिएको छु ।”

उपराष्ट्रपतिमा सत्तारुढ गठबन्धनबाट तीन र नेकपा एमालेबाट एकजनाले उम्मेदवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2023
Website | + posts