ग्यास्ट्रिक भएमा के गर्ने र के नगर्ने ?

ग्यास्ट्रिक भएमा के गर्ने र के नगर्ने ? : Icon Khabar

काठमाडौँ, फागुन २९ । ग्यास्ट्रिक हुने कारण धेरै छन् । अस्वस्थकर खानपान र खराब जीवनशैलिका कारण अधिकांशमा ग्यास्ट्रिक हुने गरेको पाइन्छ ।

नियमित खानपान नहुनु, अत्यधिक चिल्लो, पिरो, अमिलो, मसलेदार खाना खानु, लामो समयसम्म पेट खाली राख्नाले ग्यास्ट्रिक उत्पन्न हुन्छ । रगत, दिसा, पिसाब जाँचेर ग्यास्ट्रिक भए/नभएको पत्ता लाग्दैन । पेटभित्र कुनै समस्या छ/छैन भनेर इन्डोस्कोपी गर्नुपर्छ ।

यसबाट अम्लका कारण पेटमा घाउ भए/नभएको थाहा पाउन सकिन्छ ।

के हुन् त लक्षणहरु ?

– नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने
– सास गनाउने
– ढ्याउढ्याउ र डकार आउने
– बान्ता हुने
– पेट दुख्ने
– पेट फुल्ने
– मुखबाट अमिलो
– पानी आउने
– खाना खाएपछि अप्ठ्यारो हुने
– अपच र कब्जियत हुने

के गर्ने, के नगर्ने ?

– लामो समय खाली पेट नबस्ने
– नियमित खाना खाने, थोरै खाने, समयमा खाने, दुई–तीन घन्टाको फरकमा खानेकुरा खाने
– फलफूल, र हरियो सागसब्जी प्रशस्त खाने
– गेडागुडीलगायत कम एसिडिटी भएका खाद्य पदार्थ खाने
– धेरै चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने
– बोसोजन्य खानेकुरा नखाने
– जंकफुड नखाने
– अत्यधिक मात्रामा चिया, चुरोट र कफी नपिउने
– मद्यपान नगर्ने
– प्रशस्त पानी पिउने
– धेरै तनाव नलिने
– नियमित व्यायाम गर्ने
– जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने
– थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने ।

Published Date: 13 March 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु