ग्यास्ट्रिक भएमा के गर्ने र के नगर्ने ?

ग्यास्ट्रिक भएमा के गर्ने र के नगर्ने ? : Icon Khabar

काठमाडौँ, फागुन २९ । ग्यास्ट्रिक हुने कारण धेरै छन् । अस्वस्थकर खानपान र खराब जीवनशैलिका कारण अधिकांशमा ग्यास्ट्रिक हुने गरेको पाइन्छ ।

नियमित खानपान नहुनु, अत्यधिक चिल्लो, पिरो, अमिलो, मसलेदार खाना खानु, लामो समयसम्म पेट खाली राख्नाले ग्यास्ट्रिक उत्पन्न हुन्छ । रगत, दिसा, पिसाब जाँचेर ग्यास्ट्रिक भए/नभएको पत्ता लाग्दैन । पेटभित्र कुनै समस्या छ/छैन भनेर इन्डोस्कोपी गर्नुपर्छ ।

यसबाट अम्लका कारण पेटमा घाउ भए/नभएको थाहा पाउन सकिन्छ ।

के हुन् त लक्षणहरु ?

– नाइटोभन्दा माथि छातीभन्दा तल दुख्ने, असहज महसुस हुने
– सास गनाउने
– ढ्याउढ्याउ र डकार आउने
– बान्ता हुने
– पेट दुख्ने
– पेट फुल्ने
– मुखबाट अमिलो
– पानी आउने
– खाना खाएपछि अप्ठ्यारो हुने
– अपच र कब्जियत हुने

के गर्ने, के नगर्ने ?

– लामो समय खाली पेट नबस्ने
– नियमित खाना खाने, थोरै खाने, समयमा खाने, दुई–तीन घन्टाको फरकमा खानेकुरा खाने
– फलफूल, र हरियो सागसब्जी प्रशस्त खाने
– गेडागुडीलगायत कम एसिडिटी भएका खाद्य पदार्थ खाने
– धेरै चिल्लो, अमिलो, पिरो खानेकुरा नखाने
– बोसोजन्य खानेकुरा नखाने
– जंकफुड नखाने
– अत्यधिक मात्रामा चिया, चुरोट र कफी नपिउने
– मद्यपान नगर्ने
– प्रशस्त पानी पिउने
– धेरै तनाव नलिने
– नियमित व्यायाम गर्ने
– जथाभावी दुखाइ कम गर्ने औषधि सेवन नगर्ने
– थप समस्या परेमा चिकित्सकको सल्लाहमा औषधि उपचार गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 March 2023
Website | + posts




ताजा
अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित