आईसीसी विश्वकप लिग–२ क्रिकेटको एकदिवसीय सिरिजको खेलमा नेपालद्वारा युएई पराजि

आईसीसी विश्वकप लिग–२ क्रिकेटको एकदिवसीय सिरिजको खेलमा नेपालद्वारा युएई पराजि : Icon Khabar

काठमाडौं, फागुन २८ । आइसिसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत आइतबार भएको एकदिवसीय खेलमा नेपालले युएईलाई पराजित गरेको छ । नेपाललाई जितका लागि २४९ रनको लक्ष्य दिएको युएई २२ दशमलव ५ ओभरमा ७१ रन बनाएर अलआउट भई खेल १७७ रनले पराजित भयो ।

यो जितसँगै नेपालले एकदिवसीय क्रिकेट खेल्ने राष्ट्रको पहिचान अक्षुण्ण राख्न सफल भएको छ । ३४ खेलबाट ३६ अंक जोड्दै नेपाल लिग तालिकाको चौथो स्थानमा पुग्न सफल भएको छ । यो हारसँगै युएईले एकदिवसीय मान्यता बचाउन प्लेअफ खेल्नुपर्नेछ ।

आजको जितपछि नेपालले बाँकी दुई खेल जितेर शीर्ष तीनमा पुग्ने सम्भावना बलियो बनाएको छ । नेपाल अहिले लिग तालिकाको तेस्रो स्थानमा रहेको नामिबियाभन्दा तीन अंकले पछि छ । बाँकी दुई खेल जितेर नेपालले नामिबियालाई उछिनेको छ ।

Published Date: 12 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा