नेप्सेमा २६.८० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा २६.८० अंकको गिरावट, कारोबार रकम भने बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २८ । गत बिहीबार ५० अंक बढेर बन्द भएको नेप्से, आइतबार २६.८० अंक घटेर १९७५.८९ विन्दुमा बन्द भएको छ।

आइतबार कारोबारको शुरुवातमा नेप्से तिव्र गतिमा उकालो लागेको थियो। बजार खुलेको १५ मिनेटमा नै नेप्से ब्रेकआउट विन्दु अर्थात २०१५ विन्दुमा पुगेको थियो। आज सेन्सेटिभ इण्डेक्स १.४८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ प्रतिशत घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५६ करोडको शेयर कारोबार भएको बजारमा आज २६० स्टकको ३६ हजार २८० पटकको कारोबारमा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार रुपैयाँ बराबरको ४७ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts