नेप्सेमा २६.८० अंकको गिरावट, कारोबार रकम भने बढ्यो

नेप्सेमा २६.८० अंकको गिरावट, कारोबार रकम भने बढ्यो : Icon Khabar

काठमाडौँ, फागुन २८ । गत बिहीबार ५० अंक बढेर बन्द भएको नेप्से, आइतबार २६.८० अंक घटेर १९७५.८९ विन्दुमा बन्द भएको छ।

आइतबार कारोबारको शुरुवातमा नेप्से तिव्र गतिमा उकालो लागेको थियो। बजार खुलेको १५ मिनेटमा नै नेप्से ब्रेकआउट विन्दु अर्थात २०१५ विन्दुमा पुगेको थियो। आज सेन्सेटिभ इण्डेक्स १.४८ प्रतिशत घटेको छ भने फ्लोट इण्डेक्स १.३५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ प्रतिशत घटेको छ।

नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। अघिल्लो कारोबार दिन १ अर्ब ५६ करोडको शेयर कारोबार भएको बजारमा आज २६० स्टकको ३६ हजार २८० पटकको कारोबारमा १ अर्ब ६६ करोड ६९ लाख ३१ हजार रुपैयाँ बराबरको ४७ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये बैंकिङ्ग, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

Published Date: 12 March 2023








ताजा
कटुन्जेको मनोरम स्कूलमा यहि वैशाख १२ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने
भक्तपुरको मालपोत कार्यालयमा सेवा प्रवाहमा अवरोध पुर्‍याउने ११ जना पक्राउ
मुगुको रारा ताल: प्रकृतिको अनुपम उपहार
तत्काललाई गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन शाह मातहतमै रहने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा