निर्माण कम्पनीको लापरवाही म हेरेर बस्न सक्दिन: मन्त्री श्रेष्ठ

निर्माण कम्पनीको लापरवाही म हेरेर बस्न सक्दिन: मन्त्री श्रेष्ठ : Icon Khabar

काठमाडौं, फागुन २८ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले निर्माण उद्योगले राष्ट्रलाई हानि पुर्याउने कामलाई बेवास्ता गरेर चुपचाप नबस्ने बताएका छन्।

आइतबार काठमाडौंमा सम्पन्न निर्माण व्यवसायी महासंघ नेपालको २४औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले निर्माण व्यवसायीले गर्ने काममा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

मन्त्री श्रेष्ठले समयमा निर्माण सम्पन्न नगर्ने कम्पनीसँगको ठेक्का खारेज हुने चेतावनी समेत दिए । उनले निर्माण व्यवसायीले भोग्नुपरेको समस्या समाधानका लागि आफूले जुनसुकै मन्त्रालयसँग समन्वय गर्ने बताउँदै ठेक्काबमोजिम भएको काम समयमै सम्पन्न गर्न निर्माण व्यवसायीले पनि पहल गर्नुपर्ने बताए ।

उनले भ्रष्टाचार अन्त्य गरी सुशासन कायम गर्ने, पुँजीगत खर्च बढाउने र व्यापार घाटा न्यूनीकरण गर्ने दायित्व सरकारको भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 March 2023
Website | + posts