राष्ट्रपति पौडेललद्वारा नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा

राष्ट्रपति पौडेललद्वारा नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा : Icon Khabar

काठमाडौं, फागुन २८ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

कांग्रेसका वरिष्ठ नेता पौडेलले आइतबार कांग्रेस केन्द्रीय कार्यालय ललितपुर सानेपामा राजीनामा पत्र पेश गरेको जानकारी कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

वरिष्ठ नेता पौडेल २०१७ सालपछि कांग्रेसको सक्रिय राजनीतिमा निरन्तर क्रियाशील हुँदै आएका छन्। उनले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको छ ।

Published Date: 12 March 2023


ताजा
बाढीपीडितका लागि जिल्ला प्याब्सन भक्तपुरको १ करोड १९ लाखभन्दा बढी सहयोग
एसीसी प्रिमियर कप: ओमानलाई हराउँदै फाइनल पुग्ने लक्ष्यमा नेपाल
बिहिबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
आज देशभर मनसुनी प्रभाव: पहाडी तथा तराईका क्षेत्रमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
भक्तपुरको गाईजात्रामा ड्रोन उडाउने होडबाजी, अनुमति नलिएकामाथि कारबाही गर्छौं: भक्तपुर प्रहरी
भक्तपुर नगरका सडकमा ‘कुकुरको आतंक’! भुस्याहा कुकुरको बथानले बढायो नागरिकमा त्रास