चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत “सिरुपाते जुँगामा” सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत “सिरुपाते जुँगामा” सार्वजनिक : Icon Khabar

काठमाडौं, फागुन २४ । सिनेमा हलमा राम्रो व्यवसाय गरिरहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक भएको छ ।

दीपकराज गिरी–दीपाश्री निरौला समुहको फिल्मको यो नयाँ गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने यसमा बाबुल गिरीको स्वर तथा संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा दीपकराज गिरी तथा बेनिशा हमाललाई फिचर गरिएको छ भने दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, राज आचार्य आदि कलाकारलाई पनि प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै दर्शक तथा स्रोतामाझ लोकप्रिय भैसकेको छ भने यसका हजारौं टिकटक समेत बनिसकेका छन् ।

यो समाचार तयार गर्दासम्म ६ लाख भन्दा धेरै दर्शकले युट्युबमा यो गीत हेरिसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित