चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत “सिरुपाते जुँगामा” सार्वजनिक

चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत “सिरुपाते जुँगामा” सार्वजनिक : Icon Khabar

काठमाडौं, फागुन २४ । सिनेमा हलमा राम्रो व्यवसाय गरिरहेको नेपाली चलचित्र ‘छक्का पञ्जा ४’ मा समावेश गीत ‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ मंगलबार सार्वजनिक भएको छ ।

दीपकराज गिरी–दीपाश्री निरौला समुहको फिल्मको यो नयाँ गीतका शब्दहरु शंकर अधिकारी घायलले रचना गरेका हुन् भने यसमा बाबुल गिरीको स्वर तथा संगीत सुन्न सकिन्छ ।

गीतको भिडियोमा दीपकराज गिरी तथा बेनिशा हमाललाई फिचर गरिएको छ भने दीपाश्री निरौला, केदार प्रसाद घिमिरे, राज आचार्य आदि कलाकारलाई पनि प्रस्तुत गरिएको छ । चलचित्रको ट्रेलरमा समावेश भएकै कारण यो गीत सार्वजनिक हुनुअघि नै दर्शक तथा स्रोतामाझ लोकप्रिय भैसकेको छ भने यसका हजारौं टिकटक समेत बनिसकेका छन् ।

यो समाचार तयार गर्दासम्म ६ लाख भन्दा धेरै दर्शकले युट्युबमा यो गीत हेरिसकेको छ।

 

Published Date: 08 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै