सबै महिला चालक दलका सदस्य लिएर दुबई उडेको एयरबस ए–३२० जहाज काठमाडौं फिर्ता

सबै महिला चालक दलका सदस्य लिएर दुबई उडेको एयरबस ए–३२० जहाज काठमाडौं फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २४ । देशकै पहिलो दुई महिला पाइलटले काठमाडौंबाट दुबई उडेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एयरबस ए–३२० जहाज बुधबार काठमाडौं फर्किएको छ ।

दुई महिला पाइलटसहित नेपालको पहिलो अन्तर्राष्ट्रिय उडानका लागि निगमको विमान शनिबार दुबई उडेको थियो । उक्त उडान क्याप्टेन भावना पन्त र को-पाइलट सिर्जना राउतको टोलीले गरेको थियो ।

बुधबार बिहान ४ः५५ मा दुबईबाट काठमाडौंका लागि उडेको विमान बुधबार बिहान १०ः३५ बजे काठमाडौं अवतरण गरेको निगमले जनाएको छ ।

बुधबार ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एयरलाइन्सले सबै महिला चालक दलका सदस्यसहित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको हो ।

महिला टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित