सबै महिला चालक दलका सदस्य लिएर दुबई उडेको एयरबस ए–३२० जहाज काठमाडौं फिर्ता

सबै महिला चालक दलका सदस्य लिएर दुबई उडेको एयरबस ए–३२० जहाज काठमाडौं फिर्ता : Icon Khabar

काठमाडौं, फागुन २४ । देशकै पहिलो दुई महिला पाइलटले काठमाडौंबाट दुबई उडेको नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एयरबस ए–३२० जहाज बुधबार काठमाडौं फर्किएको छ ।

दुई महिला पाइलटसहित नेपालको पहिलो अन्तर्राष्ट्रिय उडानका लागि निगमको विमान शनिबार दुबई उडेको थियो । उक्त उडान क्याप्टेन भावना पन्त र को-पाइलट सिर्जना राउतको टोलीले गरेको थियो ।

बुधबार बिहान ४ः५५ मा दुबईबाट काठमाडौंका लागि उडेको विमान बुधबार बिहान १०ः३५ बजे काठमाडौं अवतरण गरेको निगमले जनाएको छ ।

बुधबार ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एयरलाइन्सले सबै महिला चालक दलका सदस्यसहित अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको हो ।

महिला टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

Published Date: 08 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै