प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । चन्दको सचिवालयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको जनाएको छ । भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि माओवादीका विभिन्न गुटबीचको बहस बढेको छ । हिजो आठ विभिन्न माओवादी गुटले संयुक्त विज्ञप्ति जारी गर्दै द्वन्द्वकालको मुद्दा अदालतमा पुर्याएपछि सामूहिक प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts




ताजा
सुन तस्करी प्रकरणः पूर्वसभामुख महराविरुद्ध मुद्दा दर्ता
सोमबार नेप्से परिसूचक ४४.२५ अंकले बढ्यो
चिकित्सक, नर्सिङ्ग तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी सरह बनाउन निर्देशन
पछिल्लो साता काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित