प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

प्रधानमन्त्री दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता : Icon Khabar

काठमाडौं, फागुन २४ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । चन्दको सचिवालयले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल र समीक्षा भएको जनाएको छ । भेटमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि सहभागी थिए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालविरुद्ध अदालतमा मुद्दा दर्ता भएपछि माओवादीका विभिन्न गुटबीचको बहस बढेको छ । हिजो आठ विभिन्न माओवादी गुटले संयुक्त विज्ञप्ति जारी गर्दै द्वन्द्वकालको मुद्दा अदालतमा पुर्याएपछि सामूहिक प्रतिक्रिया दिने चेतावनी दिएका छन् ।

Published Date: 08 March 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै