नेप्से आज बन्द, सेयर कारोबार नहुने

नेप्से आज बन्द, सेयर कारोबार नहुने : Icon Khabar

काठमाडौं, फागुन २४ । आज सेयर बजार कारोबार बन्द हुने भएको छ ।

सरकारले आज (फागुन २४ गते) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक बिदा दिएकाले सेयर बजारको कारोबार बन्द हुने भएको  हो।

अब सेयर बजारको कारोबार बिहीबार बिहान ११ बजे मात्र खुल्नेछ । यस अघि मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ विन्दुमा अडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 08 March 2023
Website | + posts