‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्चले दिएको आदेशमा नेकपा (माओवादी केन्द्र) को आपत्ति

‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्चले दिएको आदेशमा नेकपा (माओवादी केन्द्र) को आपत्ति : Icon Khabar

काठमाडौं, फागुन २१। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

आइतबार माओवादी केन्द्रका महासचिव देव गुरुङले विज्ञप्ति जारी गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

२०२० जनवरी १५ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिने बताएका थिए । अधिवक्ता ज्ञानेन्द्रराज अरण लगायतले दाहालको अभिव्यक्तिको छानबिन गरी कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिका आधारमा निवेदन दर्ता गर्न नमिल्ने भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।

तर शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित