‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्चले दिएको आदेशमा नेकपा (माओवादी केन्द्र) को आपत्ति

‘प्रचण्ड’ विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्चले दिएको आदेशमा नेकपा (माओवादी केन्द्र) को आपत्ति : Icon Khabar

काठमाडौं, फागुन २१। प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालतले दिएको आदेशमा नेकपा (माओवादी केन्द्र)ले आपत्ति जनाएको छ ।

आइतबार माओवादी केन्द्रका महासचिव देव गुरुङले विज्ञप्ति जारी गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले गरेको आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको बताए ।

२०२० जनवरी १५ मा टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले सशस्त्र द्वन्द्वमा मारिएका ५ हजारको जिम्मेवारी आफूले लिने बताएका थिए । अधिवक्ता ज्ञानेन्द्रराज अरण लगायतले दाहालको अभिव्यक्तिको छानबिन गरी कारबाही गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि सर्वोच्च प्रशासनले राजनीतिक अभिव्यक्तिका आधारमा निवेदन दर्ता गर्न नमिल्ने भन्दै निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो ।

तर शुक्रबार न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले रिट दर्ता गर्न आदेश दिएको हो ।

Published Date: 05 March 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा