आइतवारका लागि विदेशी मुद्राको विनिमय दर

आइतवारका लागि विदेशी मुद्राको विनिमय दर : Icon Khabar

काठमाडौं, कार्तिक १५  । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ६३ पैसा र बिक्री दर १५२ रुपैयाँ २३ पैसा तोकिएको छ।

यस्तै युरोपियन युरो एकको खरिद दर १६९ रुपैयाँ ८६ पैसा र बिक्री दर १७० रुपैयाँ ५४ पैसा कायम भएको छ भने युके पाउन्ड स्ट्रलिङ एकको खरिद दर २०३ रुपैयाँ ६६ पैसा र बिक्री दर २०४ रुपैयाँ ४७ पैसा निर्धारण गरिएको छ। स्वीस फ्र्यांक एकको खरिद दर १८४ रुपैयाँ ६४ पैसा र बिक्री दर १८५ रुपैयाँ ३८ पैसा रहेको छ।

त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ६१ पैसा र बिक्री दर १०७ रुपैयाँ ०३ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०८ रुपैयाँ ६३ पैसा र बिक्री दर १०९ रुपैयाँ ०६ पैसा तथा सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ ७३ पैसा र बिक्री दर ११९ रुपैयाँ २० पैसा तोकिएको छ।

जापानी येन १० को खरिद दर नौ रुपैयाँ ६४ पैसा र बिक्री दर नौ रुपैयाँ ६८ पैसा, चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ७९ पैसा र बिक्री दर २२ रुपैयाँ ८८ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ४० पैसा र बिक्री दर ४० रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ६० पैसा र बिक्री दर ४१ रुपैयाँ ७६ पैसा कायम भएको छ।

यसैगरी थाई भाट एकको खरिद दर चार रुपैयाँ ५० पैसा र बिक्री दर चार रुपैयाँ ५२ पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ २९ पैसा र बिक्री दर ४१ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ३७ पैसा र बिक्री दर ३७ रुपैयाँ ५२ पैसा, साउथ कोरियन वन १०० को खरिद दर ११ रुपैयाँ ३६ पैसा र बिक्री दर ११ रुपैयाँ ४० पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १५ रुपैयाँ ४५ पैसा र बिक्री दर १५ रुपैयाँ ५१ पैसा तथा डेनिस क्रोनर एकको खरिद दर २२ रुपैयाँ ७३ पैसा र बिक्री दर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ।

हङकङ डलर एकको खरिद दर १९ रुपैयाँ ३३ पैसा र बिक्री दर १९ रुपैयाँ ४१ पैसा, कुवेती दिनार एकको खरिद दर ४९१ रुपैयाँ ९१ पैसा र बिक्री दर ४९३ रुपैयाँ ८५ पैसा, बहराइन दिनार एकको खरिद दर ४०१ रुपैयाँ ६२ पैसा र बिक्री दर ४०३ रुपैयाँ २० पैसा तथा ओमानी रियाल एकको खरिद दर ३९३ रुपैयाँ ८३ पैसा र बिक्री दर ३९५ रुपैयाँ ३९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

यस्तै भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ। केन्द्रीय बैंकका अनुसार यो विनिमय दर आवश्यकतानुसार जुनसुकै समयमा संशोधन हुन सक्नेछ। वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर भने केही भिन्न हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

Published Date: 01 November 2026
Website | + posts