सेयर बजारमा राजनीतिक अन्यौलताको प्रभाव ३०.७७ अंकको भारी गिरावट

सेयर बजारमा राजनीतिक अन्यौलताको प्रभाव ३०.७७ अंकको भारी गिरावट : Icon Khabar

काठमाडौं, फागुन २१ ।  नेपाली राजनीतिको अन्यौलता र अस्थिरता सेयर बजारमा पनि देखिएको छ । राष्ट्रपतिको चुनावपछि बजारमा केहि सुधार हुने आँकलन गरिएको छ। यसकारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार कुल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेप्से घटेपनि यस दिन सुपरमाई हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यसै दिनदेखि कारोबारमा आएको हो। कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ९० पैसा बढेर ३२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित