सेयर बजारमा राजनीतिक अन्यौलताको प्रभाव ३०.७७ अंकको भारी गिरावट

सेयर बजारमा राजनीतिक अन्यौलताको प्रभाव ३०.७७ अंकको भारी गिरावट : Icon Khabar

काठमाडौं, फागुन २१ ।  नेपाली राजनीतिको अन्यौलता र अस्थिरता सेयर बजारमा पनि देखिएको छ । राष्ट्रपतिको चुनावपछि बजारमा केहि सुधार हुने आँकलन गरिएको छ। यसकारण लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन् ।

साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक भारी अंकले घटेको छ । बिहीबारको तुलनामा नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार कुल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको हो । आइतबार सबैभन्दा बढी कारोबार हिमालयन डिष्ट्रिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ८ करोड ४४ लाख १८ हजार ४ सय ५२ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

नेप्से घटेपनि यस दिन सुपरमाई हाइड्रोपावरको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयर यसै दिनदेखि कारोबारमा आएको हो। कम्पनीको शेयरमूल्य २९ रुपैयाँ ९० पैसा बढेर ३२८ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकहरुको शेयरमूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ। यस दिन सो कम्पनीको ८ करोड ४४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्ट्सको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

Published Date: 05 March 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ