दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै

दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै : Icon Khabar

काठमाडौं, कात्तिक १५ । दराज नेपालले तिहार तथा छठ पर्वलाई लक्षित गर्दै आयोजना गर्न लागेको ‘दराज ११.११ वर्षकै सबैभन्दा ठूलो सेल’ आज राति ८ बजेदेखि सुरु हुँदैछ।

‘द बिग बोस इज ब्याक’ नारासहित सञ्चालन हुने यो अभियान नोभेम्बर १ देखि ११ (कात्तिक १५ देखि २५) सम्म चल्नेछ। अभियानअन्तर्गत उपभोक्ताले विभिन्न सामग्रीमा ८० प्रतिशतसम्म छुट, २ करोड रुपैयाँभन्दा बढीका भाउचर तथा विभिन्न ब्रान्डका आकर्षक अफर प्राप्त गर्न सक्नेछन्।

दराजले अभियानका क्रममा विभिन्न सामग्रीमा दैनिक फ्ल्यास सेल, निःशुल्क डेलिभरी तथा बैंक र डिजिटल वालेटमार्फत भुक्तानी गर्दा थप छुटको व्यवस्था गरेको जनाएको छ। सहभागी आठ बैंकका योग्य क्रेडिट कार्डबाट भुक्तानी गर्दा अधिकतम २ हजार रुपैयाँसम्म र डेबिट कार्डबाट भुक्तानी गर्दा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ।

त्यस्तै, न्यूनतम १ हजार १११ रुपैयाँको अर्डर गर्ने ग्राहकले विभिन्न उपहार योजनामा सहभागी हुने अवसर पाउनेछन्। अभियानअन्तर्गत अनर नेपाल र ग्लेन नेपालमार्फत थाइल्यान्ड भ्रमण जित्ने अवसरसमेत रहेको छ।

तिहार तथा छठको किनमेललाई सहज, किफायती र उत्सवमय बनाउने उद्देश्यले ल्याइएको यस अभियानमार्फत दराजले ग्राहकलाई आकर्षक छुट, उपहार र विशेष किनमेल अनुभव प्रदान गर्ने जनाएको छ।

थप जानकारी दराजको वेबसाइट, मोबाइल एप तथा आधिकारिक सामाजिक सञ्जालमार्फत प्राप्त गर्न सकिनेछ। नियम तथा सर्तहरू लागू हुनेछन्।

Published Date: 01 November 2026
Website | + posts