शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ द्वारा १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन

शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ द्वारा १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन : Icon Khabar

मुम्बई, फागुन २१ । शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन गरेको छ । गत जनवरी २५ देखि प्रदर्शनमा आएको पठानले हिन्दी फिल्मकै इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको हो ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोडभन्दा माथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम संकलन गर्ने नयाँ कीर्तिमान कायम गरेको हो । यो फिल्ममा शाहरुख खानसंगै दीपिका पादुकोण तथा जोन अब्राहम मुख्य भूमिकामा छन् ।

बाइकट बलिउड ट्रेण्डलाई परास्त गर्दै पठानले कीर्तिमानी कलेक्सन कायम गरेपछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थालेपछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी आम्दानीसँगै साहस बढेको समीक्षकहरुको टिप्पणी छ ।

Published Date: 05 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय