शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ द्वारा १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन

शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ द्वारा १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन : Icon Khabar

मुम्बई, फागुन २१ । शाहरुख खानको पछिल्लो फिल्म ‘पठान’ १ हजार २६ करोड भारतीय रुपैयाँ संकलन गरेको छ । गत जनवरी २५ देखि प्रदर्शनमा आएको पठानले हिन्दी फिल्मकै इतिहासमा सबैभन्दा बढी रकम संकलन गरेर कीर्तिमान कायम गरेको हो ।

यसअघि दक्षिण भारतीय फिल्म बाहुबली–२ र केएफजी–२ ले बनाएको हजार करोडभन्दा माथिको कीर्तिमानलाई तोड्दै बलिउडको पठानले सबैभन्दा बढी रकम संकलन गर्ने नयाँ कीर्तिमान कायम गरेको हो । यो फिल्ममा शाहरुख खानसंगै दीपिका पादुकोण तथा जोन अब्राहम मुख्य भूमिकामा छन् ।

बाइकट बलिउड ट्रेण्डलाई परास्त गर्दै पठानले कीर्तिमानी कलेक्सन कायम गरेपछि बलिउडमा उत्साह छाएको छ । दक्षिणी फिल्महरुले भारतमा कब्जा जमाउन थालेपछि चिन्तित बलिउडकर्मीलाई पठानको कीर्तिमानी आम्दानीसँगै साहस बढेको समीक्षकहरुको टिप्पणी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित