नेपाल एयरलाइन्सले सिधै दक्षिण कोरिया उडान गर्ने

नेपाल एयरलाइन्सले सिधै दक्षिण कोरिया उडान गर्ने : Icon Khabar

काठमाडौं, फागुन २१ । नेपाल एयरलाइन्सले सिधै दक्षिण कोरिया उडान गर्ने भएको छ ।

निगमका प्रवक्ता अर्चना खड्काले दक्षिण कोरियाको राजधानी सियोलस्थित इन्चोन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने प्रक्रिया अगाडि बढाइएको बताइन् ।

यसका लागि उपमहाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सुरक्षा लेखापरीक्षण उपसमिति गठन गरिएको छ । समितिमा निगमका सुरक्षा, इन्जिनियरिङलगायत विभागको प्रतिनिधित्व रहेको छ ।

दक्षिण कोरियामा हुने सिधा उडानको सेफ्टी अडिट गर्न समिति गठन गरिएको छ । ‘उडानका लागि दक्षिण कोरियाको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालय (मोलिट) मातहतको नागरिक उड्डयन प्राधिकरणले लेखापरीक्षण गर्नुपर्ने भएको छ, त्यसको तयारीका लागि निगमको तर्फबाट समिति गठन गरी काम सुरु गर्न लागेको हो । काम गर्छु,’ खड्काले भने ।

निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तार गर्ने योजनाअनुसार दक्षिण कोरियामा सिधा उडान गर्ने तयारी थालेको छ । राष्ट्रिय ध्वजावाहकको उपस्थिति र सिधा उडान सुरु भएपछि बजार नियन्त्रण हुने र हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने निगमको विश्वास छ ।

निगमले हाल भारतका तीन गन्तव्य र आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 March 2023
Website | + posts
ताजा
रास्वपाको चेतावनी : नाटक सदनमा रचियो भने, जवाफ सडकले दिनेछ
काँग्रेस-एमालेको स्पष्टीकरणः उपसभामुखमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न हस्ताक्षर गरिएको होइन
अमेरिकामा ६ हजारभन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थीको भिसा रद्द
उपसभामुख हटाउन दुई तिहाइ पुर्‍याउने कसरत सुरु


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू