हेटौँडामा मृतकका आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग बन्द

हेटौँडामा मृतकका आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग बन्द : Icon Khabar

मकवानपुर, फागुन २१ । सडक दुर्घटनामा भएको मृत्युको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । हेटौंडा–६ चौघडा–६ बस्ने ५० वर्षीय कृष्णप्रसाद सापकोटाको शनिबार तिर्तीधारा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो । मृतकका आफन्तले दुर्घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गर्दै राजमार्ग बन्द गरेका छन् ।

उनीहरुले दिउँसो १२ बजेदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि सबै सवारीसाधन रोकेका थिए । दुर्घटना भनिए पनि मृतकका परिवारले उनलाई कसैले ठक्कर दिएको हुनसक्ने अनुमान गरेका छन् ।

‘प्रहरीले यो घटनामा खासै ध्यान नदिएकोले राजमार्ग बन्द गर्न बाध्य भयौं,’ मृतकका आफन्तले भने, ‘घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषीलाई कारबाही गर्न माग गर्दछौं । यो हाम्रो माग हो ।” जिल्ला प्रहरी कार्यालयको गेट अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शनिबार दिउँसो भैंसेबाट हेटौंडा आउँदै गरेको एनए ४६पिए २३७१ नंको मोटरसाइकल दुर्घटनामा सापकोटाको मृत्यु भएको हो । घाइते उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Published Date: 05 March 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?