हेटौँडामा मृतकका आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग बन्द

हेटौँडामा मृतकका आफन्तले गरे पूर्व–पश्चिम राजमार्ग बन्द : Icon Khabar

मकवानपुर, फागुन २१ । सडक दुर्घटनामा भएको मृत्युको छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्ग बन्द गरिएको छ । हेटौंडा–६ चौघडा–६ बस्ने ५० वर्षीय कृष्णप्रसाद सापकोटाको शनिबार तिर्तीधारा नजिकै भएको दुर्घटनामा मृत्यु भएको हो । मृतकका आफन्तले दुर्घटना शंकास्पद रहेको भन्दै छानबिनको माग गर्दै राजमार्ग बन्द गरेका छन् ।

उनीहरुले दिउँसो १२ बजेदेखि जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि सबै सवारीसाधन रोकेका थिए । दुर्घटना भनिए पनि मृतकका परिवारले उनलाई कसैले ठक्कर दिएको हुनसक्ने अनुमान गरेका छन् ।

‘प्रहरीले यो घटनामा खासै ध्यान नदिएकोले राजमार्ग बन्द गर्न बाध्य भयौं,’ मृतकका आफन्तले भने, ‘घटनाको सत्यतथ्य बाहिर ल्याउनुपर्छ । दोषीलाई कारबाही गर्न माग गर्दछौं । यो हाम्रो माग हो ।” जिल्ला प्रहरी कार्यालयको गेट अगाडि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

शनिबार दिउँसो भैंसेबाट हेटौंडा आउँदै गरेको एनए ४६पिए २३७१ नंको मोटरसाइकल दुर्घटनामा सापकोटाको मृत्यु भएको हो । घाइते उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी टेकबहादुर कार्कीले बताए । दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

Published Date: 05 March 2023
ताजा
बीपी कोइरालाको ४३औं स्मृति दिवस आज: वैचारिक अवसान र आन्तरिक विवादको घेरामा कांग्रेस
आज बुधबारको राशिफल
बझाङ केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प, बैतडीसम्म धक्का महसुस
देशैभर मनसुनी प्रभाव, पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय