नेपालमा राज्यका निकायमा महिला सहभागिता उत्साहजनक : उपसभामुख

नेपालमा राज्यका निकायमा महिला सहभागिता उत्साहजनक : उपसभामुख : Icon Khabar

बिर्तामोड, फागुन १८ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राणा मगरले नेपालमा राज्यका निकायमा महिला सहभागिता उत्साहजनक रहेको बताएकी छिन्।

बिर्तामोडस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुखले ठूला र विकसित राष्ट्रभन्दा पनि राज्यका निकायमा महिला सहभागिता उत्साहजनक रहेको बताइन् ।

“अधिकांश विकसित देशहरूमा महिलाको प्रतिनिधित्व ५ देखि २५ प्रतिशत छ। नेपालमा संविधानले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ र यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्छ।”

उनले महिला अधिकारको अवस्था सुधार गर्न र लैङ्गिक समानता हासिल गर्न अझै लामो यात्रा गर्न बाँकी रहेको बताइन् । हरेक क्षेत्रमा महिलाको सहभागिता प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले विसंगति विरुद्धको कारबाहीमा जोड दिनु पर्ने बताइन् ।

राजनीतिमा महिलाको उपस्थितिलाई ‘रबर स्ट्याम्प’का रूपमा मूल्याङ्कन गर्ने उपसभामुखका अनुसार राज्यका निकायमा महिला सहभागिताका लागि लैङ्गिकता, अपाङ्गता र भूगोल पनि दिशानिर्देश हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू