नेपालमा राज्यका निकायमा महिला सहभागिता उत्साहजनक : उपसभामुख

नेपालमा राज्यका निकायमा महिला सहभागिता उत्साहजनक : उपसभामुख : Icon Khabar

बिर्तामोड, फागुन १८ । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राणा मगरले नेपालमा राज्यका निकायमा महिला सहभागिता उत्साहजनक रहेको बताएकी छिन्।

बिर्तामोडस्थित एक कार्यक्रमलाई सम्बोधन गर्दै उपसभामुखले ठूला र विकसित राष्ट्रभन्दा पनि राज्यका निकायमा महिला सहभागिता उत्साहजनक रहेको बताइन् ।

“अधिकांश विकसित देशहरूमा महिलाको प्रतिनिधित्व ५ देखि २५ प्रतिशत छ। नेपालमा संविधानले राज्यका निकायमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ र यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्छ।”

उनले महिला अधिकारको अवस्था सुधार गर्न र लैङ्गिक समानता हासिल गर्न अझै लामो यात्रा गर्न बाँकी रहेको बताइन् । हरेक क्षेत्रमा महिलाको सहभागिता प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औँल्याउदै उनले विसंगति विरुद्धको कारबाहीमा जोड दिनु पर्ने बताइन् ।

राजनीतिमा महिलाको उपस्थितिलाई ‘रबर स्ट्याम्प’का रूपमा मूल्याङ्कन गर्ने उपसभामुखका अनुसार राज्यका निकायमा महिला सहभागिताका लागि लैङ्गिकता, अपाङ्गता र भूगोल पनि दिशानिर्देश हुनुपर्छ ।

Published Date: 02 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय