बिहिबार नेप्सेमा २६.४८ अंकको गिरावट

बिहिबार नेप्सेमा २६.४८ अंकको गिरावट : Icon Khabar

काठमाडौं, फागुन १८ । बुधबार २ महिनापछि २ हजारबाट तल झरेको नेप्से बिहीबार पनि १.३३ प्रतिशतले गिरावट भएको छ । बजार परिसूचक नेप्से २६.४८ अंकले गिरावट हुँदा १९६९.०१ अंकमा बन्द भएको छ भने सबै उपसूचकमा गिरावट भएको छ ।

लघुवित्त उपसूचक सर्वाधिक २.६४ प्रतिशतले गिरावट भएको छ भने व्यापार उपसूचक पनि २.३२ प्रतिशतले घटेको छ ।

बिहीबार नेप्सेमा २८ हजार ५०० कारोबारमा ३६ लाख ५७ हजार १५४ कित्ता धितोपत्र कारोबार हुँदा १ अर्ब ३३ करोड ६३ लाखको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts