राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता : Icon Khabar

कर्णाली, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज प्रदेश प्रमुख तिलक परियारलाई लिखित पत्र बुझाएर पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी हुन् ।

राप्रपाको केन्द्रीय नेतृत्वको निर्देशनअनुसार कर्णाली प्रदेश सरकारबाट पार्टी बाहिरिएको उनले बताईन् । राप्रपाले यसअघि पनि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

“परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा राप्रपा सत्तामा बस्नु उपयुक्त नहुने पार्टीको केन्द्रीय नेतृत्वले निर्णय गरेको छ, यो निर्णयसँगै राप्रपाले देशभरका प्रदेश सरकारहरूलाई दिएको समर्थन फिर्ता लिनेछ,” शाहीले भनिन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा राप्रपाको एउटा मात्र सिट छ ।

Published Date: 02 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय