राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

राप्रपाद्वारा कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता : Icon Khabar

कर्णाली, फागुन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्री राजकुमार शर्मा नेतृत्वको कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

राप्रपा प्रदेशसभा सदस्य सन्तोषी शाहीले आज प्रदेश प्रमुख तिलक परियारलाई लिखित पत्र बुझाएर पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएकी हुन् ।

राप्रपाको केन्द्रीय नेतृत्वको निर्देशनअनुसार कर्णाली प्रदेश सरकारबाट पार्टी बाहिरिएको उनले बताईन् । राप्रपाले यसअघि पनि संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

“परिवर्तित राजनीतिक परिप्रेक्ष्यमा राप्रपा सत्तामा बस्नु उपयुक्त नहुने पार्टीको केन्द्रीय नेतृत्वले निर्णय गरेको छ, यो निर्णयसँगै राप्रपाले देशभरका प्रदेश सरकारहरूलाई दिएको समर्थन फिर्ता लिनेछ,” शाहीले भनिन्।

४० सदस्यीय कर्णाली प्रदेशसभामा राप्रपाको एउटा मात्र सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 March 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू