शुभम पावरको आईपीओ आइतबारबाट कारोबारमा आउन

शुभम पावरको आईपीओ आइतबारबाट कारोबारमा आउन : Icon Khabar

काठमाण्डौ, फागुन १८ । हालै आईपीओ बिक्री गरेको शुभम पावर लिमिटेडको आईपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। अब यो कम्पनीको सेयर आउँदो आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

कम्पनीको १०० अंकित दरका कुल २० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ। भोलि शुक्रबार सेयर कारोबार नहुने भएकोले आइतबारबाट किनबेच गर्न सकिने भएको छ।

Published Date: 02 March 2023