बिपिडब्लु लघुवित्तको आइपिओ सर्वसाधारणको लागि आजदेखि खुला

बिपिडब्लु लघुवित्तको आइपिओ सर्वसाधारणको लागि आजदेखि खुला : Icon Khabar

काठमाडौँ, फागुन १८ । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि सर्वसाधारणको लागि साधारण शेयरको बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित दरमा ८० हजार नौ सय ५० कित्ता साधारण शेयरको सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको सार्वजनिक आह्वानपत्रमा उल्लेख छ ।

निष्कासित शेयरमा सर्वसाधारण लगानि कर्ताले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रवर्द्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ भने कम्पनीलाई इक्रा नेपालले ‘ईक्राएन्पी आईआर बिबी माइनस्’ प्रमाणपत्र प्रदान गरेको छ ।

Published Date: 02 March 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय