एमालेको राष्ट्रपति उम्मेदवार नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरुसँग भेटेर भोट माग्ने

एमालेको राष्ट्रपति उम्मेदवार नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरुसँग भेटेर भोट माग्ने : Icon Khabar

काठमाडौं, फागुन १८ । एमाले रास्ट्रपति उम्मेदवार सुवासचन्द्र नेम्वाङले आज अन्य दलका शीर्ष नेताहरुसँग भेटेर भोट माग्ने भएका छन् । उनले नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेताहरुलाई व्यक्तिगत रुपमा भेटेर भोट हाल्न आग्रह गर्ने तयारी गरेको बताइएको छ ।

उनले बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेको थियो। भेटमा नेम्वाङसँगै विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ पनि सहभागी थिए।

त्यसैगरी, उनले दिउँसो १ बजे रास्वपा अध्यक्ष रवि लामिछानेसँग भेट गर्नेछन् । बैठकमा नेम्वाङसँगै योगेश भट्टराईलगायत नेताहरुको सहभागिता रहनेछ ।

त्यसैगरी दिउँसो २ः३० बजे उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई भेटेर राष्ट्रपतिका लागि राप्रपाको मत माग्ने छन् । रास्वपा र राप्रपाले राष्ट्रपतिको निर्वाचनमा कसलाई भोट दिने भन्ने घोषणा गरेका छैनन् ।

नेकपा (एकीकृत समाजवादी) ले आठ दलीय गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गरेको सार्वजनिक गरेको छ । यसअघि नेकपा एमालेको सचिवालय बैठकले नेपाली काँग्रेसबाहेक सबै दललाई पत्र पठाएर भोट मागेको थियो ।

आफ्नो पार्टीले भोटका लागि अन्य दललाई पत्र लेखे पनि नेम्वाङले अन्य दलका नेताहरूसँग व्यक्तिगत रूपमा भेटेर भोट माग्ने तयारी गरेका छन् ।

Published Date: 02 March 2023


ताजा
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना
सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
आज सोमबारको राशिफल
आइतबार पनि सुनको मूल्य बढ्यो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली