सरकारद्वारा एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु

सरकारद्वारा एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु : Icon Khabar

काठमाडौं, फागुन १६ । सरकारले एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली तथा वेब मनिटरिङ प्रणाली सुरु गरेको छ । सञ्चार तथा सूचना प्राविधिमन्त्री रेखा शर्माले आज (मङ्गलबार) मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच उक्त प्रणालीको शुभारम्भ गरेकी हुन् । सूचना प्रविधि विभागले सो प्रणाली हाल मन्त्रालय मातहतका विभागमा सुरु गरिएको जनाएको छ ।

यस प्रणाली प्रयोग गरी विकास गरिएका सञ्चार तथा सूचना प्रविधि मन्त्रालय एवम् अन्तर्गतका सूचना तथा प्रसारण विभाग, हुलाक सेवा विभाग, सूचना प्रविधि विभाग र मुद्रण विभागका नयाँ वेबसाइट सञ्चालनमा ल्याइएको विभागले जनाएको छ ।

‘‘यस प्रणालीको प्रयोग गरी सरकारी निकायहरूले सूचना प्रविधि सम्बन्धी दक्ष जनशक्ति नभएता पनि उपलब्ध जनशक्तिको मद्दतले आआफ्ना निकायगत वेबसाइटहरू सहजै, निःशुल्क एवम् सुरक्षितरुपमा विकास गर्न सकिने हुँदा निकायगत रूपमा वेबसाइट विकास, अद्यावधिक एवम् सपोर्टका लागि बर्सेनि गरिने खर्चको बचत हुने देखिन्छ ।’’ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘‘एकीकृत वेबसाइट व्यवस्थापन प्रणाली सरकारी कार्यालयको वेबसाइट निर्माण तथा व्यवस्थापन सम्बन्धी निर्देशिका, २०७८ मा उल्लेख गरिएका प्रावधानहरू, वेबवाइटक सम्बन्धी आधारभूत स्थापित एवम् प्रचलित उत्तम अभ्यासहरू र विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रियस्तरका सरकारी निकायहरूका वेबसाइटहरूको व्यापक अध्ययन तथा अनुसन्धान पश्चात् विकास गरिएकाले यस प्रणालीबाट सिर्जना गरिएका वेबसाइटकहरु अपाङ्गता मैत्री हुनुका साथै बारम्बार सोधिने प्रश्न, गुनासो व्यवस्थापन, स्वचालित सहायक लगायतका विशेषताहरू सहितका हुनेछन् ।’’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts