देउवाद्वारा ओलीलाई राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्दै पत्राचार

देउवाद्वारा ओलीलाई राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्दै पत्राचार : Icon Khabar

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आठ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत माग्दै पत्र पठाएका छन् । राष्ट्रपतिको निर्वाचन चैत २५ गते हुने भएको छ ।

पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्तित्व भएकाले देउवाले ओलीलाई भोट हाल्न पत्र पठाएका छन् ।

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनेहरुले आजै फिर्ता लिन सक्नेछन् ।

पत्रमा देउवाले भनेका छन्, ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यलाई कुशलतापूर्वक निर्वाह गर्दै देशको सामाजिक–आर्थिक रुपान्तरणतर्फ गतिशील रूपमा अघि बढ्नु हामी सबैको साझा दायित्व हो ।
हामीले यो जिम्मेवारी निर्वाह गर्दा पौडेल योग्य साबित हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु ।”

Published Date: 28 February 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय