देउवाद्वारा ओलीलाई राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्दै पत्राचार

देउवाद्वारा ओलीलाई राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेललाई मत माग्दै पत्राचार : Icon Khabar

काठमाडौं, फागुन १६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई आठ दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत माग्दै पत्र पठाएका छन् । राष्ट्रपतिको निर्वाचन चैत २५ गते हुने भएको छ ।

पौडेल नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी व्यक्तित्व भएकाले देउवाले ओलीलाई भोट हाल्न पत्र पठाएका छन् ।

नेकपा एमालेले उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ । उम्मेदवारको अन्तिम नामावली आज सार्वजनिक गरिने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराउनेहरुले आजै फिर्ता लिन सक्नेछन् ।

पत्रमा देउवाले भनेका छन्, ‘संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र सुदृढ गर्ने आजको राष्ट्रिय कार्यलाई कुशलतापूर्वक निर्वाह गर्दै देशको सामाजिक–आर्थिक रुपान्तरणतर्फ गतिशील रूपमा अघि बढ्नु हामी सबैको साझा दायित्व हो ।
हामीले यो जिम्मेवारी निर्वाह गर्दा पौडेल योग्य साबित हुनेछन् भन्ने विश्वास दिलाउन चाहन्छु ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts