वैदेशिक रोजगार विभागलद्वारा बिचौलियाको भ्रममा नपर्न आग्रह

वैदेशिक रोजगार विभागलद्वारा बिचौलियाको भ्रममा नपर्न आग्रह : Icon Khabar

काठमाडौँ, फागुन १६ । वैदेशिक रोजगार विभागले मौसमी श्रमिकका रूपमा दक्षिण कोरियालगायत कुनै पनि देशमा पठाउँछु भन्ने बिचौलियाको भ्रममा नपर्न आग्रह गरेको छ ।

पछिल्लो समय मौसमी श्रमिक रूपमा पठाउने भनेर विभिन्न माध्यमबाट भ्रामक सूचना निकालेर ठगी गर्ने क्रम बढेको भन्दै यस्ता सूचनामा विश्वास नगर्न विभागले सोमबार जारी सूचनामार्फत आग्रह गरेको हो ।

मौसमी श्रमिक व्यवस्थापन निर्देशिका–२०७९ को दफा ४ अनुसार मौसमी श्रमिकमा जाने श्रमिकले कुनै पनि शुल्क बुझाउनु नपर्ने व्यवस्था छ तर यो व्यवस्थाविपरीत प्रलोभन देखाई केही संस्था वा व्यक्तिले पैसा असुलेर ठग्ने क्रम बढेको पाइएकाले यसप्रति सचेत हुन विभागले आग्रह गरेको छ ।

निर्देशिकाबमोजिम नेपालबाट मौसमी श्रमिक लिने र पठाउने सम्बन्धमा विभागमा कुनै कागजात पेस नभएकोबारे पनि विभागले प्रस्ट पारेको छ । यस्तै कसैले मौसमी श्रमिकमा पठाइदिने भन्दै पैसा मागेमा सम्बन्धित पालिकामा, विभागमा वा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोन गरेर बुझ्नसमेत विभागले सूचनामार्फत जानकारी गराएको छ ।

Published Date: 28 February 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय