प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा डा युवराज शर्मा नियुक्त

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा डा युवराज शर्मा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन १६ । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा डा युवराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई दाहालको निजी चिकित्सकमा नियुक्त गरेको हो ।

शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल निर्देशकका रूपमा कार्यरत छन् ।

सोमबार साँझ निजी चिकित्सकमा नियुक्ति गरेको प्रधानमन्त्रीको पत्र प्राप्त भएको डा शर्माले बताए । सरकारी सेवामा रहेकाले दोहोरो सेवा पाउन नसकेपछि शर्माले पाटन अस्पतालको सेवा र सुविधा मात्रै लिने निर्णय गरेका छन् ।

‘पाटन अस्पतालमा आफ्नो कर्तव्यका साथै प्रधानमन्त्रीका निजी चिकित्सकको जिम्मेवारी पनि सफलतापूर्वक पूरा गर्नेछु’, डा शर्माले भने ।

नेपालमा दुई विषयमा एमडी गरेका डा शर्माले अध्ययनका लागि विदेश जाने फेलोसिप पनि पाएका छन् । शर्मा नेपालका उत्कृष्ट डाक्टर मध्येका एक हुन् । डा. शर्मा आन्तरिक चिकित्सा र पेट तथा कलेजो सम्बन्धी रोगहरूमा उच्च विशेषज्ञ हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts