प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा डा युवराज शर्मा नियुक्त

प्रधानमन्त्री दाहालको निजी चिकित्सकमा प्रा डा युवराज शर्मा नियुक्त : Icon Khabar

काठमाडौं, फागुन १६ । प्रधानमन्त्री पुष्पकमल दाहालको निजी चिकित्सकमा प्रा डा युवराज शर्मा नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई दाहालको निजी चिकित्सकमा नियुक्त गरेको हो ।

शर्मा हाल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिसिन विभागका प्राध्यापक तथा मेडिकल निर्देशकका रूपमा कार्यरत छन् ।

सोमबार साँझ निजी चिकित्सकमा नियुक्ति गरेको प्रधानमन्त्रीको पत्र प्राप्त भएको डा शर्माले बताए । सरकारी सेवामा रहेकाले दोहोरो सेवा पाउन नसकेपछि शर्माले पाटन अस्पतालको सेवा र सुविधा मात्रै लिने निर्णय गरेका छन् ।

‘पाटन अस्पतालमा आफ्नो कर्तव्यका साथै प्रधानमन्त्रीका निजी चिकित्सकको जिम्मेवारी पनि सफलतापूर्वक पूरा गर्नेछु’, डा शर्माले भने ।

नेपालमा दुई विषयमा एमडी गरेका डा शर्माले अध्ययनका लागि विदेश जाने फेलोसिप पनि पाएका छन् । शर्मा नेपालका उत्कृष्ट डाक्टर मध्येका एक हुन् । डा. शर्मा आन्तरिक चिकित्सा र पेट तथा कलेजो सम्बन्धी रोगहरूमा उच्च विशेषज्ञ हुनुहुन्छ।

Published Date: 28 February 2023






ताजा
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न
प्रसिद्ध भारतीय गायिका आशा भोस्ले अस्पताल भर्ना






ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ