आज सुन चाँदीको मूल्य स्थिर

आज सुन चाँदीको मूल्य स्थिर : Icon Khabar

काठमाडौँ, फागुन १६ । पछिल्लो केहि दिन लगातार घटेको सुनचाँदीको मूल्य मंगलबार स्थिर रहेको छ । फागुन १६ गते सुन सोमबारकै कारोबार मूल्य तोकिएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँ कायम रहेको नेपाल सुुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुन प्रतितोला एक लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

यसैगरी, चाँदीको मूल्य पनि मंगलबार स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा किनबेच हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts