आईसीसी विश्वकप लिग–२ को शृंखलामा नेपालद्वारा पपुवा न्युगिनी पराजित

आईसीसी विश्वकप लिग–२ को शृंखलामा नेपालद्वारा पपुवा न्युगिनी पराजित : Icon Khabar

काठमाडौं, फागुन १६ । दुबईमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै नेपालले शीर्ष तीनमा पुग्ने आशा जीवित राखेको छ ।

नेपालको घरेलु मैदान त्रिवि क्रिकेट मैदानमा फेब्रुअरी १४ देखि २१ सम्म अन्तिम चार खेल सम्पन्न भएका थिए । बलात्कारको आरोपमा मुछिएका सन्दीप लामिछानेको सहयोगमा नेपालले स्कटल्याण्ड र नामिबिया विरुद्धको घरेलु शृंखलामा क्लिन स्वीप गरेको थियो ।

युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा नेपालले पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य ४५.२ ओभरमा ६ विकेट गुमाएर पुरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ५६ रन, आसिफ शेखले ४४ रन, आरिफ शेखले ३३ रन, कप्तान रोहितकुमार पौडेलले २०, दीपेन्द्र सिंह ऐरीले २२ र कुशल मल्लले १२ रनको योगदान दिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २०३ रन बनाएको थियो । नेपालका लागि गुलसन झाले ३ विकेट लिए भने कुशल मल्लले २ तथा सोमपाल कामी, करण केसी र प्रतिश जिसीले एक एक विकेट लिए ।

जितसँगै नेपाल २९ खेलबाट २८ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा छ । स्कटल्याण्ड यसअघि नै लिगको विजेता घोषित भइसकेको छ । स्ट्यान्डिङमा शीर्ष तीन टोलीहरू आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट २०२२ का लागि छनोट हुनेछन्।

तलका चार टोलीहरू पुरुष क्रिकेट विश्वकप छनोट प्ले-अफ २०२२ मा झर्नेछन् – जुन ग्लोबल क्वालिफायरको रिपेचेज घटना हो- र च्यालेन्ज लिग ए र बीको विजेतासँग सामेल हुनेछन्। प्लेका शीर्ष दुई टोलीहरू- अफले भारत २०२३ मा सहभागी हुने आशालाई जीवित राख्नेछ।

पुरुष सिदब्लुसी लीग २ – जुन पुरुष क्रिकेट विश्व कप सुपर लिग अन्तर्गत एक तहमा बस्छ – ले २१ वटा त्रि-श्रृङ्खला खेल्नेछ। सहभागी टोली नामिबिया, नेपाल, ओमान, पपुवा न्युगिनी, स्कटल्याण्ड, संयुक्त अरब इमिरेट्स र संयुक्त राज्य अमेरिकाले रोड टु इन्डिया २०२३ मा ३६ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।

नेपालले युएई भ्रमणपछि सिरिजका अन्तिम चार खेल घरेलु मैदानमा खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 February 2023
Website | + posts