एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा क्यानद्वारा नेपाल एयरलाइन्सका पाइलटलाई उडान गर्न प्रतिबन्ध

एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा क्यानद्वारा नेपाल एयरलाइन्सका पाइलटलाई उडान गर्न प्रतिबन्ध : Icon Khabar

काठमाडौं, फागुन १६ । नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा आवद्ध पाइलटलाई एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौंका लागि उडेको निगमको उडान (RA-416) का पाइलटले आफ्नै एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना जुलाई २८, २०२२ मा भएको थियो।

घटनापछि पीडितले दिएको उजुरीका आधारमा क्यानले कारबाही गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । “क्यानमा उजुरी परेको थियो। हामीले निगमलाई यस विषयमा छानबिन गर्न आग्रह गरेका छौं। हामीले अनुसन्धान पूरा नभएसम्म पाइलटलाई प्रतिबन्ध लगाएका छौं,” उनले भने।

त्यसैगरी घटनाको सम्बन्धमा क्यानले उडानमा रहेका अन्य सबै चालक दलका सदस्यलाई तत्काल उडान गर्नबाट रोक लगाएको छ । क्यानले अनुसन्धान जारी रहेको भन्दै संदिग्धको नाम सार्वजनिक गरेको छैन ।

Published Date: 28 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा