एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा क्यानद्वारा नेपाल एयरलाइन्सका पाइलटलाई उडान गर्न प्रतिबन्ध

एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा क्यानद्वारा नेपाल एयरलाइन्सका पाइलटलाई उडान गर्न प्रतिबन्ध : Icon Khabar

काठमाडौं, फागुन १६ । नेपाल नागरिक उड्डयन प्राधिकरण ( क्यान) ले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा आवद्ध पाइलटलाई एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोपमा प्रतिबन्ध लगाएको छ । मलेसियाको क्वालालम्पुरबाट काठमाडौंका लागि उडेको निगमको उडान (RA-416) का पाइलटले आफ्नै एयर होस्टेसलाई दुर्व्यवहार गरेको आरोप लागेको छ । घटना जुलाई २८, २०२२ मा भएको थियो।

घटनापछि पीडितले दिएको उजुरीका आधारमा क्यानले कारबाही गरेको क्यानका प्रवक्ता जगन्नाथ निरौलाले बताए । “क्यानमा उजुरी परेको थियो। हामीले निगमलाई यस विषयमा छानबिन गर्न आग्रह गरेका छौं। हामीले अनुसन्धान पूरा नभएसम्म पाइलटलाई प्रतिबन्ध लगाएका छौं,” उनले भने।

त्यसैगरी घटनाको सम्बन्धमा क्यानले उडानमा रहेका अन्य सबै चालक दलका सदस्यलाई तत्काल उडान गर्नबाट रोक लगाएको छ । क्यानले अनुसन्धान जारी रहेको भन्दै संदिग्धको नाम सार्वजनिक गरेको छैन ।

Published Date: 28 February 2023
Website | + posts




















ताजा
तीन वर्षदेखि अधुरै चाँगुनारायण प्रवेशद्वार, आक्रोशित स्थानीयले गरे सडक अवरुद्ध
काठमाडौँ फिल्म फेस्टिभलमा कलाकार होइन, पहुँचको प्रदर्शन ! निम्तो पाउन ‘हैसियत’ चाहिने हो ?
एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ: प्रधानमन्त्री बालेन शाह
दराज ११.११ “वर्षकै सबैभन्दा ठूलो सेल” आज राति ८ बजेदेखि प्रारम्भ हुँदै


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक
परम्परागत बाजा बजाउन हाकुपतासीसँग कालो टोपी र सेतो फेटा (बेताली) कति उचित?