भक्तपुर दरबार क्षेत्र प्रवेशद्वार परिसरमा यहि फागुन २० गते खुल्ला रक्तदान कार्यक्रम हुने

भक्तपुर दरबार क्षेत्र प्रवेशद्वार परिसरमा यहि फागुन २० गते खुल्ला रक्तदान कार्यक्रम हुने : Icon Khabar

भक्तपुर, फागुन १६ । आइकन मिडिया हाउस प्रा लि, भक्तपुरद्वारा संचालित नेपाली अनलाइन समाचार पोर्टल आइकन खबर डटकम र भक्तपुर विद्युतीय सामाग्री व्यवसायी संघको संयुक्त आयोजनामा यहि फागुन २० गते शनिबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ।

बिहान ८ बजे देखि ११ बजेसम्म हुने सो कार्यक्रमका लागि प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी, भक्तपुर शाखाले गर्ने भएको छ। भक्तपुर दरबार क्षेत्रको गेट परिसर खौमामा हुने उक्त रक्तदान कार्यक्रममा सहभागी हुने सम्पूर्ण इच्छुक महानुभावहरुलाई आयोजकले अनुरोध गरेको छ।

सो रक्तदान कार्यक्रमका लागि पिक्सेल्स इन्ग्रेभर्स, न्यु डेनिस इलेक्ट्रोनिक ईण्टर्प्राइजेज, ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) जिल्ला शाखा भक्तपुर र लायन्स क्लब अफ भक्तपुर नमस्ते सहयोगी संस्थाका रूपमा रहेका छन् ।

“जीवन अमूल्य छ । तपाईंको एक थोपा रगतमा कसैको जीवन बाच्ने आश हुन्छ। “

Published Date: 28 February 2023
ताजा
काठमाडौं महानगरपालिकाका लेखा अधिकृत उद्धव भट्टराई २१ हजार रुपैयाँ घुससहित पक्राउ
शुक्रबार नेप्से परिसूचक ७.९० अंकले बढ्यो
सांसदहरूलाई स्वकीय सचिव राख्न दिने सरकारको निर्णयविरूद्ध सर्वोच्चमा रिट दायर
बाल मन्दिर ठगी प्रकरणमा आठ जनाविरुद्ध मुद्दा दायर


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय