नेकपा एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय

नेकपा एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय : Icon Khabar

काठमाडौं, फागुन १५ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको थियो ।

आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । एमालेले पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि राष्ट्रपतिको उम्मेदवारी मनोनयनका क्रममा पार्टीले फागुन २५ गतेसम्म सरकारमा रहने घोषणा गरेको थियो ।

तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेपछि एमालेले तत्काल सरकार छाड्ने निर्णय गरेको थियो ।

Published Date: 27 February 2023
ताजा
बुधबार नेप्से परिसूचक १३.९५ अंकले घट्यो
यस्ता लक्षण देखिए थाइराइडको समस्या हुन सक्छ
ब्रेन ट्युमरको सफल शल्यक्रियापछि दीपा श्री निरौला डिस्चार्ज हुँदै
अब बिना सूचना ‘झ्याप-झ्याप’ बिजुली जाने अवस्थाको अन्त्य गर्ने तयारी, प्राधिकरणको २६ बुँदे सुधार योजना सार्वजनिक


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय