नेकपा एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय

नेकपा एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय : Icon Khabar

काठमाडौं, फागुन १५ । नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज बसेको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको थियो ।

आज बिहान बसेको सचिवालय बैठकले सरकार छाड्ने निर्णय गरेको हो । एमालेले पनि पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

यसअघि राष्ट्रपतिको उम्मेदवारी मनोनयनका क्रममा पार्टीले फागुन २५ गतेसम्म सरकारमा रहने घोषणा गरेको थियो ।

तर आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्याललाई जेनेभा जानबाट रोकेपछि एमालेले तत्काल सरकार छाड्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts