पल शाह एक वर्षपछि रिहा

पल शाह एक वर्षपछि रिहा : Icon Khabar

काठमाडौं, फागुन १५ । अभिनेता पूर्णविक्रम शाह (पल) आज रिहा भएका छन् । बालिका बलात्कारको आरोपमा जेलमा रहेका शाहलाई आइतबार पोखरा उच्च अदालतले सफाइ दिएपछि आज जेलमुक्त भएको छ ।

अदालतको आदेशपछि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट साह रिहा हुने थाहा पाएपछि उनका समर्थक आज बिहान दमौली पुगेका थिए । उनीहरुले पल शाहको पक्षमा नारा समेत लगाएका थिए । समर्थकहरुको बाक्लो भीड रहेकाले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोजन पक्षको दाबी पर्याप्त नभएको भन्दै आइतबार सफाइ दिएको हो ।

यसअघि जिल्ला अदालत नवलपुरले बालिका बलात्कार मुद्दामा साहलाई सफाइ दिएको थियो भने साहलाई दुई वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र पीडितलाई १० लाख जरिवाना गरेको थियो ।

जिल्ला अदालतको सोही फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय र शाह पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दायर गरेका थिए । सोही पुनरावेदनमा अदालतले अभियोजन पक्षको दाबी पर्याप्त नभएको भन्दै शाहलाई सफाइ दिएको थियो ।

आइतबार भएको सुनुवाइमा उच्च सरकारी वकिलको कार्यालयका नायव न्यायधिवक्ता रामप्रसाद अधिकारी तथा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुंगानाले शाहका तर्फबाट बहस गरेका थिए । फैसलासँगै शाह जेलमुक्त हुनेछन् । उनलाई आज तनहुँ जिल्ला कारागारबाट रिहा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित