काठमाडौं, फागुन १५ । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीका मन्त्रीहरूलाई बर्खास्त गर्ने चेतावनी दिएकाले सरकार छाड्न बाध्य भएको बताएका छन् ।
उनले नेकपा एमालेलाई सरकार छाड्न दबाब दिन विभिन्न रणनीति अपनाएपछि एमालेले सरकारबाट दिएको समर्थन फिर्ता लिएको बताए ।
नेकपा (एमाले)ले सरकार नछोड्ने मन्त्रीहरुलाई तत्काल बर्खास्त गर्ने वा उनीहरुविना विभागीय मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री दाहालले चेतावनी दिएको उपाध्यक्ष पौडेलले बताए । जेनेभा जान लागेका परराष्ट्रमन्त्री विमला राई पौड्याललाई एघार बजे रोकेर प्रधानमन्त्री दाहालले अपरिपक्वता प्रदर्शन गरेको आरोप लगाए ।
उपाध्यक्ष पौडेलले आफूलाई अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्दा राष्ट्रको गरिमामा प्रतिकूल असर परेको दाबी गरे । यसअघि एमालेले राष्ट्रपतिको उम्मेदवारी मनोनयनका क्रममा फागुन ९ गतेसम्म सरकारमा रहने घोषणा गरेको थियो ।
उनले भने, ‘प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेप्रतिको व्यवहार र मन्त्री विमला राई पौडेललाई जेनेभा जानबाट रोकेको व्यवहारले एमालेलाई विभागीय मन्त्री राख्छु भन्ने अभिव्यक्ति दिएपछि हामी सरकारमा बस्न सकेनौँ । सरकार नछोड्ने हो भने हामीले सरकारबाट बाहिरिने निर्णय गरेका छौं, यसले राष्ट्रको स्वाभिमानमा प्रतिकूल असर पारेको छ ।”
उपाध्यक्ष पौडेलले प्रधानमन्त्री दाहालले यसअघि पार्टीसँग भएको सहमतिलाई सम्मान गर्न तयार नभएकाले देशमा राजनीतिक स्थायित्व नचाहेको आरोप समेत लगाए।
Published Date: 27 February 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1