महानगरपालिकाको विरोधमा आज दरबारमार्ग क्षेत्रका शटर एक घण्टा बन्द हुने

महानगरपालिकाको विरोधमा आज दरबारमार्ग क्षेत्रका शटर एक घण्टा बन्द हुने : Icon Khabar

काठमाडौं, फागुन १५ । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रका सडक किनारमा सवारीसाधन पार्किङमा रोक लगाएको विरोधमा त्यहाँका व्यवसायीले आज एक घण्टाका लागि शटर बन्द गर्ने भएका छन्।

कामनपाको निर्णयको विरोधमा आज दिउँसो ४ः३० देखि ५ः३० बजेसम्म (एक घण्टा) शटर बन्द गरिने भएको छ ।

महानगरले ट्राफिक प्रहरीसँगको सहकार्यमा पुष १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङमा रोक लगाएको हो ।पार्किङमा प्रतिबन्ध लगाएपछि दरबारमार्ग क्षेत्रमा ग्राहकको चाप घटेको व्यवसायीले गुनासो गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेधको विरोधमा शटर बन्द गरेर कामपालाई प्रतीकात्मक विरोध प्रदर्शन गर्न लागेको बताए । डीएमडीबीको नेतृत्वमा दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्नका लागि यस क्षेत्रका व्यवसायी/व्यापारी आन्दोलनरत छन् ।

बोर्डका अनुसार पाँच लेनको दरबारमार्गलाई दुईतर्फी/दुई लेनको बाटो छोडेर एकतर्फी एक लेनमा पार्किङ राखिएको छ । व्यवसायीको योजनाअनुसार सुरुमा नि:शुल्क पार्किङको व्यवस्था भए पनि पछि कामपाले सवारीसाधन मालिकसँग पार्किङ शुल्क उठाउँदै आएको थियो ।

Published Date: 27 February 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २९ गते आइतबार
सूर्योदय सेकेन्डरी स्कुलको ४५औँ वार्षिकोत्सव सम्पन्न, “सूर्योदय रत्न सम्मान” किरण सुवाललाई प्रदान
विश्व प्रसिद्व भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न






ट्रेन्डिङ
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
युनिटी इङ्लिस स्कुल: सानो सुरुवातदेखि राष्ट्रिय उत्कृष्टतासम्मको प्रेरणादायी यात्रा