महानगरपालिकाको विरोधमा आज दरबारमार्ग क्षेत्रका शटर एक घण्टा बन्द हुने

महानगरपालिकाको विरोधमा आज दरबारमार्ग क्षेत्रका शटर एक घण्टा बन्द हुने : Icon Khabar

काठमाडौं, फागुन १५ । काठमाडौं महानगरपालिकाले दरबारमार्ग क्षेत्रका सडक किनारमा सवारीसाधन पार्किङमा रोक लगाएको विरोधमा त्यहाँका व्यवसायीले आज एक घण्टाका लागि शटर बन्द गर्ने भएका छन्।

कामनपाको निर्णयको विरोधमा आज दिउँसो ४ः३० देखि ५ः३० बजेसम्म (एक घण्टा) शटर बन्द गरिने भएको छ ।

महानगरले ट्राफिक प्रहरीसँगको सहकार्यमा पुष १९ गतेदेखि दरबारमार्ग क्षेत्रमा पार्किङमा रोक लगाएको हो ।पार्किङमा प्रतिबन्ध लगाएपछि दरबारमार्ग क्षेत्रमा ग्राहकको चाप घटेको व्यवसायीले गुनासो गरेका छन् ।

दरबारमार्ग विकास बोर्डका सचिव यज्ञराज पाण्डेले पार्किङ निषेधको विरोधमा शटर बन्द गरेर कामपालाई प्रतीकात्मक विरोध प्रदर्शन गर्न लागेको बताए । डीएमडीबीको नेतृत्वमा दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्नका लागि यस क्षेत्रका व्यवसायी/व्यापारी आन्दोलनरत छन् ।

बोर्डका अनुसार पाँच लेनको दरबारमार्गलाई दुईतर्फी/दुई लेनको बाटो छोडेर एकतर्फी एक लेनमा पार्किङ राखिएको छ । व्यवसायीको योजनाअनुसार सुरुमा नि:शुल्क पार्किङको व्यवस्था भए पनि पछि कामपाले सवारीसाधन मालिकसँग पार्किङ शुल्क उठाउँदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 February 2023
Website | + posts
ताजा
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
Argus Education Bhaktapur को ३ दिने एक्सपोमा सहभागी हुँदा IELTS र PTE कक्षाहरु निशुल्क
रोपाइँ सकिएसँगै भक्तपुरमा हरियालीको मनमोहक दृश्य


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू