के कारणले हुन्छ मृगौलामा पत्थरी ?

के कारणले हुन्छ मृगौलामा पत्थरी ? : Icon Khabar

काठमाडौँ, फागुन १४ । व्यस्त जीवनशैलीका कारण खानपानमा ध्यान नदिदा कयौँ विरामीको चपेटामा पर्नु परेको छ। जसमध्ये मृगौलामा पत्थरीको समस्या पनि एक हो ।तपाईको दैनिक खाने कुरामा यस्तो चीज हुने गर्छ जसको सेवनले सिधै मृगौलामा पत्थरीको समस्या उत्पन्न गराउँछ।यस्ता खानेकुरामा ओक्सलेटको मात्र निकै धेरै हुने गर्छ। जसले यूरिनसँग मिलेर पत्थरीको समस्या बनाउने गर्छ।

मृगौलामा पत्थरीको समस्या हुँदा पेट, ढाढ वा कम्मरमा अत्यधिक पीडा महशुस हुने गर्छ। यो तब हुन्छ जब पत्थरी हल्लिन थाल्छ र मृगौलामा प्रेसर पर्छ। कहिलेकाही मृगौलामा दबाव बनाउने संकीर्ण पिसाब नलीमा अड्किने गर्छ।जब पत्थरी हल्लिने गर्छ तब यसको पीडा ढाडदेखि कम्मरसम्म पुग्ने गर्छ। यस बाहेक पिसाबको रंग पनि पहेँलो आउने, ज्वोरो र रुघाखोकी लाग्ने, बमिटिङ (वान्ता) हुने, निकै धेरै थकान महशुस हुने आदी लक्षण देखिने गर्छन्।

के कारणले हुन्छ मृगौलामा पत्थरी ?

कम पानी : गर्मिमा दिनमा तपाईले ३ देखि ४ लिटर पानी पिउन आवश्यक छ। गर्मिमा यति पाने पिएपनि मानिसहरु जाडोमा पानीको मात्रा ह्वात्तै घटाउने गर्छन्। जब शरीरमा पानीको मात्रा कम हुन्छ तब किड्नीको राम्रोसँग सफाइ हुँदैन्।कम पानी पिउँदा खाना डाइजेस्ट हुन पाउँदैन् र किड्नीमा जम्मा हुन थाल्छ। जो पछि पत्थरी बन्ने गर्छ। मानिसको सानो तिनो पत्थरी हरेक दिन प्रसस्त मात्रामा पानी पिउँदा हराएर जाने गर्छ।

धेरै चिया कफीको प्रयोग : जो व्यक्तिले धेरै मात्रामा चिया कफीको प्रयोग गर्छन्, उनीहरुलाई पत्थरीको समस्या हुने सम्भावना धेरै हुने गर्छ। चिया वा कफीमा ओक्सालेटको मात्रा धेरै हुने गर्छ। जसले पत्थरी बन्नमा मद्दत गर्छ। त्यसैले चिया वा कफी कम पिउने गर्नु राम्रो हुन्छ।

फास्ट फूड : अहिलेको समयमा फास्ड फूडको चलन बढ्दै गएको छ। केमिकल र मसलेदार खानाले दिर्धकालिन स्वास्थ्यमा असर पारिरहेको छ। धेरै नुन र मसला भएको खानेकुराले पनि मृगौलालाई असर गर्ने गर्छ र पत्थरीको समस्या पनि उत्पन्न गउोन गर्छ।

प्याकेट फूड : युवा वा बच्चामा प्याकेट फूडको चनल बढिरहेको छ। जसमा कयौँ प्रकारको केमिकल प्रयोग गरेको पाइन्छ। त्यस्ता खानामा एक प्रकारको नुन अजिनो मोटा राखिएको हुन्छ। त्यसले स्वादलाई बढाउने काम गरेपनि स्वास्थ्यलाई नराम्रो असर पुर्याउने गर्छ। यसो धेरै प्रयोगले पनि मृगौलामा पत्थरीको समस्या देखिने गर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts




ताजा
कोशी प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
आज शनिबारको राशिफल
तिहारमा विदेशी फूलमाला ल्याएर बिक्री गरे महानगरले कारवाही गर्ने, स्वदेशी फूल बेच्न काठमाडाैंमा ताेकियाे ३२ स्थान


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित