राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको कार्यदल गठन

राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको  कार्यदल गठन : Icon Khabar

काठमाडौं, फागुन १४ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलको बैठकबाट राष्ट्रपतिको निर्वाचनलाई लक्षित गरी कार्यदल गठन गरेको छ ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ जनमत पार्टीका अब्दुल खाँ लोकतान्त्रिक समाजवादी पार्टीका शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी रहेका छन् ।कार्यदलमा रहेका सदस्यले राष्ट्रपति निर्वाचनमा आआफ्नो पार्टीको जिम्मा लिने गरि कार्यदल बनाएको हो ।

२५ फागुनमा राष्ट्रपति निर्वाचन हुने निर्वाचनमा ८ दलको साझा उम्मेदवार रामचन्द्र पौडेललाइ गठबन्धनमा रहेका दलहरुको संघीय संसदका सदस्य र प्रदेशसभा सदस्यहरुको मत उनको पक्षमा पार्न कार्यदल बनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts