राष्ट्रिय खुल्ला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने

राष्ट्रिय खुल्ला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने : Icon Khabar

काठमाडौं, फागुन १४ । काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुल्ला टेबलटेनिस प्रतियोगिता फागुन २५ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा पुरुष-महिला सिंगल्स खुला, स्कुल, कलेज, भेट्रान, बहिरा, शारीरिक अपाङ्ग भएका, दृष्टिविहीन र खेल पत्रकारमा गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने आयोजकले जनाएको छ ।

‘सबैका लागि टेबलटेनिस’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको पुरुष-महिला सिंगल्समा पहिलो हुनेले ५० हजार, दोश्रोले २५ हजार र तेश्रोले १०-१० हजार नगद पुरस्कार पाउने छन् । फागुन २९ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts




ताजा
दशैंको घटस्थापनादेखि आजसम्म काठमाडौं उपत्यकामा १७५ सवारीसाधन दुर्घटना, ९ जनाको मृत्यु
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
ग्लोबल आइएमई बैंकद्वारा ८ प्रतिशत नगद लाभांश घोषणा
क्यासिनोले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित