तीव्र उतारचढावबीच नेप्से सामान्य ४.५५ अंकले वृद्धि

तीव्र उतारचढावबीच नेप्से सामान्य ४.५५ अंकले वृद्धि : Icon Khabar

काठमाडौं, फागुन १४ । आइतबार सेयर बजारमा तीव्र उतारचढावबीच नेप्से ४.५५ अंक (०.२२ प्रतिशत) ले वृद्धि भएर २०२७.१९ अंकमा बन्द भएको छ ।

आइतबार बजारमा साढे २ अर्ब भन्दा माथिको कारोबार भएको छ । ५० हजार ५३२ वटा कारोबारमा ६५ लाख १५ हजार ८५२ कित्ता धितोपत्र किनबेच हुँदा २ अर्ब ५२ करोड ५० लाख ७२ हजारको कारोबार भएको छ ।

आइतबार बजारमा कुल २१७ कम्पनीको सेयर कारोबार भएकोमा १४६ कम्पनीको सेयरमूल्य बढेको छ । ६२ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ९ कम्पनीको सेयरमूल्य भने स्थिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts