भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १३औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १३औं वार्षिक साधारण सभा सम्पन्न : Icon Khabar

भक्तपुर, फागुन १४ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघको १३औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। संघका अध्यक्ष श्री गंगाराम मानन्धरको सभापतित्वमा भएको उक्त साधारण सभाको समुद्घाटन नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष श्री दिपक श्रेष्ठले गरेका थिए ।

सो समारोहका प्रमुख अतिथि श्रेष्ठले विद्युतीय सामग्रीका व्यवसायीहरुले अबका दिनमा समूहमा मिलेर स्वदेशमै सामग्रीहरु तयारी गर्नु पर्नेमा जोड दिए। वर्तमान अवस्थामा व्यवसायीहरु हरेक क्षेत्रबाट पिडित बनिरहेको अवस्थामा यसलाई निकास दिन नेपाल चेम्बर अफ कमर्सले निरन्तर पहल गरिरहेको पनि उनले बताए।

समारोहमा स्वागत मन्तव्य राख्दै संघका अध्यक्ष श्री गंगाराम मानन्धरले भक्तपुर जिल्लालाई विद्युतीय सामग्रीको हवका रुपमा विकास गर्न संघ लागि परेको बताए। उनले भक्तपुर जिल्लामा हरेक ब्राण्डका सामाग्रीहरु प्रतिस्पर्धी मूल्यमा उपलब्ध भएको बताउदै संघले निर्धारण गरेको मूल्य मान्यताको परिधिभित्र बसेर व्यवसायीहरुले स्वच्छ र प्रतिस्पर्धि वातावरणमा व्यवसाय सञ्चालन गर्दै आएको जानकारी दिए।

कार्यक्रममा भक्तपुर चेम्बर अफ कमर्सका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले भक्तपुर जिल्लामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ एक क्रियाशिल संस्था भएको जिकिर गरे । सोही अवसरमा उनले नयाँ सरकार बनेपछि व्यवसायीहरुमा सकारात्मक उर्जा आईसकेकोमा राजनीतिक दलहरुले पदका लागि खिचातानी गर्न थालेको अवस्थामा मुलुकको अर्थ व्यवस्था कता पुग्ने भन्ने विषयमा चिन्ता व्यक्त गरे।

सोहि कर्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री शिव प्रसाद मानन्धरले सबै प्रकारका विद्युतीय सामग्रीहरु एउटै छानामुनी उपलब्ध गराउन सकिने गरी संघले व्यवसायीहरुलाई एककृत लगानीका लागि उत्प्रेरणा गर्नु पर्ने बताए।

यसैगरी उक्त अवसरमा संघका सल्लाहकार एवं पूर्व न्यायाधिस श्री प्रेमराज कार्कीले व्यवसायीले आफ्नो व्यापार व्यवसाय संगसंगै कानूनी मान्यताहरुको पनि ख्याल गर्नु पर्नेमा जोड दिए।

त्यस्तै समारोहमा संघका निवर्तमान अध्यक्ष श्री माधव प्रसाद प्रजापतिले मन्तव्य व्यक्त गर्नु हुंदै राष्ट्र बैंकको कर्जा नीतिका विरुद्धमा सबै व्यवसायीहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिए।

सो अवसरमा संघका उपाध्यक्ष श्री चन्द्र भक्त श्रेष्ठले धन्यवाद मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन यस साधारण सभाका संयोजक एवं संघका महासचिव राम प्रसाद खर्बुजाले गरेको कुरा संघका सचिव अल्बर्ट बज्राचार्यले आइकन खबरलाई जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 February 2023
Website | + posts